Comments Add Comment

लुम्बिनी प्रादेशिक अस्पताल

List Grid
लुम्बिनी प्रादेशिक अस्पतालमा १८ घण्टाभित्र पाँच जना कोरोना संक्रमितको मृत्यु

१० साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल […]

धागो कारखानाको कोभिड आईसीयू अस्पतालमै सार्ने तयारी

१५ जेठ, बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोभिड आईसीयू कक्ष लुम्बिनी प्रादेशिक अस्पतालको भवनमै सार्ने तयारी भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमणको पहिलो लहर शुरु भएसँगै गत वर्षदेखि धागो कारखानाको भवनमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरेको थियो । पुरानो भवनको जस्ता पाता (टिन) जीर्ण भएर छानोबाट झरेको पानी फल्स सिलिङ हुँदै […]

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार जना संक्रमितको मृत्यु

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका  दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको […]

संक्रमितलाई भुँइमा राखेर उपचार, अक्सिजन पुर्‍याउनै हम्मे

२३ वैशाख, काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई अक्सिजन पुर्‍याउनै हम्मेहम्मे हुन थालेको छ । अस्पतालमा भर्ना भएका शतप्रतिशत संक्रमितलाई अक्सिजन सपोर्टमा उपचार गराउनुपर्ने बाध्यता रहेकोले अक्सिजन पुर्‍याउन हम्मेहम्मे परेको अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु पाठक बताउँछन् । ‘रोटेसनमा दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति हुन्छ । तर दैनिक अक्सिजनको माग ४०० देखि […]

अक्सिजनयुक्त बेड नपाउँदा फिभर क्लिनिकमै कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै ज्यान गएको छ । देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा […]

प्रसूति गराउने क्रममा महिलाको मृत्यु, अस्पतालको लापर्बाही भन्दै आफन्तले शव बुझ्न मानेनन्

१४ कात्तिक, बुटवल । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक […]

लुम्बिनी प्रादेशिक अस्पतालका मेसुमा कोरोना संक्रमण

८ असोज,बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित भएका छन् । डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै उनले होम आइसोलेशनमा बसेको जानकारी गराएका छन् । आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले […]

लुम्बिनी प्रादेशिक अस्पतालमा २५०० मै पीसीआर परीक्षण

२८ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना परीक्षण शुल्क घटाएको छ । यसअघि सुरुमा ५५ सय र पछि ४४ सय रुपैयाँ लिइँदै आएको पीसीआर परीक्षण शुल्क सोमबारदेखि २५ सय रुपैयाँ लिने निर्णय भएको छ । त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाहरुका लागि निःशुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिइने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. […]

बुटवलमा कोरोनाका जटिल बिरामीले पाएनन् आईसीयू

२५ भदौ, बुटवल । बुटवलमा कोरोना संक्रमित बिरामी जटिल अवस्थामा पुग्दा पनि आईसीयू अभावमा सामान्य आइसोलेसनमा उपचार गरिएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार राति भर्ना भएका बागलुङको बडिगाड गाउँपालिका–९ का ५२ वर्षका संक्रमित पुरुषलाई स्वास प्रश्वासमा समस्या भए पनि आईसीयू बेड नहँदा फिबर क्लिनिकको आइसोलेसनमै राखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले […]

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका दुईजनामा कोरोना पुष्टि

२९ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका दुईजना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुमध्ये एकजना कपिलवस्तु र एकजना प्युठानका हुन् । दुवैजना पुरुष हुन् । बुधबार कपिलवस्तु र प्युठानबाट उपचारका लागि आएका उनीहरु आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका थिए । दुवैजनामा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको […]

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि

२० साउन, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा अस्पतालमा उपचाररत कपिलवस्तुका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुका संक्रमित आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा […]

लुम्बिनी प्रादेशिक अस्पतालले धरौटी बिल काटेर पनि बिरामी भर्ना गरेन

१८ साउन, बुटवल । धरौटी शुल्क लिएर पनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भर्ना नगरेपछि एक बृद्धा बिरामी अलपत्र परेकी छन् । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि बिहान ६ बजे एम्बुलेन्समा अस्पताल आएकी सैनामैना-१ वनकट्टाकी ७६ वर्षीया बसुन्धरा पौडेललाई अस्पतालले भर्ना नलिएपछि उनी अलपत्र परेकी हुन् । इमर्जेन्सीमा भर्ना भएकी उनलाई अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. नन्दु […]

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

२६ चैत, बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको […]

प्रदेश ५ सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

५ फागुन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर चलाएर भत्काएको विषयमा व्यवसायीहरु फेरि सर्वोच्च अलदालत पुगेका छन् । दुवै पक्षलाई सर्वोच्च अदालतले छलफलका लागि बोलाउने आदेश गरिसकेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै डोजर चलाएको भन्दै सरकारी पक्षविरुद्ध व्यवसायीले अदालतको अपहेलना मुद्दा दर्ता गरेका हुन् । १७ जना व्यवसायीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रहरी […]