Comments Add Comment

लोक सेवा आयोग

List Grid
जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

२९ असार, काठमाडौं । लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले […]

लोक सेवाले सार्वजनिक गर्‍यो सहसचिवको अन्तरवार्ता तालिका

१९ जेठ, काठमाडौंं । कोरोना संक्रमण जोखिमका कारण पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरेको लोक सेवा आयोगले पुनः परीक्षा लिने प्रक्रिया थालेको छ । आयोगको सोमबार बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरेको छ । सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेको थियो । प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ […]

लोक सेवाले पहिलो चरणको परीक्षा भइसकेका पदको पदपूर्ति नरोक्ने

५ जेठ काठमाडौं । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब […]

लोक सेवा आयोगको अन्तर्वार्ता पनि स्थगित

९ चैत, काठमाडौं । विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गरेको छ । यसअघि चैत मसान्तसम्मका लिखित परीक्षाहरु मात्र स्थगित गरेको आयोगले आइतबार अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगकी प्रवक्ता गीता होमेगाईले जारी गरेको विज्ञप्तिमा ‘आयोगको केन्द्रीय कार्यालय […]

जासुस नियुक्तिमा लोकसेवाले खोज्यो भूमिका

४ चैत, काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय अनुसन्धान विभागले नियुक्त गर्ने आवरणयुक्त कर्मचारी (जासुस) छनोटमा आफ्नो संलग्नता खोजेको छ । सूचना संकलनार्थ विभागले अन्य पेशामा रहेका व्यक्तिहरूलाई जासुसका रुपमा नियुक्ति दिएर सरकारी सेवा सुविधा र तलब दिने गरी काममा लगाउने गरेको छ । यसलाई नेपाल विशेष सेवा ऐनमा निरन्तरता दिन खोज्दा लोक सेवा आयोगले […]

लोक सेवाले मानेन सर्वोच्चको निर्देशन : विपन्नप्रति विभेद यथावत

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले विपन्न परिवारका आवेदकबाट शुल्क नलिन निर्देशनात्मक आदेश दिए पनि लोक सेवा आयोगले अवज्ञा गरेको पाइएको छ । सर्वोच्चले २०७४ सालमा विपन्न परिवारका आवेदकबाट शुल्क नलिन आदेश दिएको थियो । तर, यो आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन । लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्दा विभिन्न पदमा छुट्टाछुट्टै शुल्क लिन्छ […]

सुरक्षा निकाय र संस्थानको पाठ्यक्रम पनि लोक सेवाले नै बनाउने

२ पुस, काठमाडौं । संविधान जारी भएपछि सुरक्षा निकाय र सरकारी संस्थानको कर्मचारी भर्नाको परीक्षा लिन थालेको लोक सेवा आयोगले अब त्यसको पाठ्यक्रम पनि आफैंले बनाउने भएको छ । हाल सुरक्षा निकाय र सरकारी संस्थानले बनाएको पाठ्यक्रमको आधारमा लोक सेवाले परीक्षा लिँदै आएको छ । अब भने सुरक्षा निकाय र सरकारी संस्थानको पाठ्यक्रम लोक सेवा […]

लोक सेवाका कर्मचारी सरुवा गर्दा पूर्वसहमति लिने व्यवस्था हटाइयो

२६ मंसिर, काठमाडौं । लोक सेवा आयोगका कर्मचारीहरुलाई पूर्वसहमति नलिई सरुवा गर्न नपाउने व्यवस्था राज्य व्यवस्था समितिले हटाइदिएको छ । लोक सेवा आयोग ऐनमा ‘आयोगमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले अन्य कार्यालयमा सरुवा गर्दा आयोगको सहमति लिनु पर्ने,’ व्यवस्था छ । बिहीबारको राज्य व्यवस्था समितिको बैठकले लोक सेवा आयोगमा रहेका कर्मचारीलाई सरुवा गर्दा सहमति लिनुपर्ने मौजुदा […]

लोक सेवाद्वारा १०९६ अधिकृतका लागि विज्ञापन आह्वान

२५ मंसिर, काठमाडौं । लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि […]

प्रदेश ३ को लोक सेवा आयोग अध्यक्षमा सुरेशमान श्रेष्ठ सिफारिस

२९ कात्तिक, काठमाडौं । प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको हो । अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको […]

लोक सेवा आयोगमा ७५ प्रतिशत दरखास्त घट्यो

१९ कात्तिक, काठमाडौं । लोक सेवा आयोगमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत कम दरखास्त परेको छ । आर्थिक वर्ष २०७४/७५ मा कुल ५ हजार ९ सय ७० पदका लागि विज्ञापन खुलेको थियो । तर, २०७५ साउनदेखि २०७६ असार मसान्तको अवधिमा जम्मा १ हजार १ सय ७४ पदमा विज्ञापन खुलेको छ । अघिल्लो […]

लोक सेवा आयोगमा ७५ प्रतिशत दरखास्त घट्यो

१९ कात्तिक, काठमाडौं । लोक सेवा आयोगमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत कम दरखास्त परेको छ । आर्थिक वर्ष २०७४/७५ मा कुल ५ हजार ९ सय ७० पदका लागि विज्ञापन खुलेको थियो । तर, २०७५ साउनदेखि २०७६ असार मसान्तको अवधिमा जम्मा १ हजार १ सय ७४ पदमा विज्ञापन खुलेको छ । अघिल्लो […]

माग नै नगरिएको पदमा कर्मचारी भर्नाको विज्ञापन

१२ असार, काठमाडौं । देशभरका स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान गर्‍यो । यो विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ । दरखास्त दिने म्याद सकिनै लाग्दा चैनपुर नगरपालिका आफैंले विज्ञापन रद्ध गरिदिन आग्रह गर्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । […]

‘लोकसेवाको विज्ञापन खारेज हुनुपर्छ’

स्थानीय तहमा कर्मचारीहरुको माग गर्दै लोक सेवाले निकालेको विज्ञापन पार्टीभित्र पनि, संसदको समितिहरुभित्र पनि छलफल चलिराखेकै विषय हो । म आफैं पनि राज्यव्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविकरुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेको छ । समितिले यसलाई खारेज गर्न निर्देशन जारी गरिसकेको हुनाले मैले […]

स्थानीय तहमा कर्मचारी भर्नाः दरखास्त दिने म्याद थपियो

३ असार, काठमाडौं । स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीकाअनुसार सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ । दोब्बर दस्तुर […]

लोकसेवाको विज्ञापनमा नेकपाको पनि बिरोध

१८ जेठ, जनकपुरधाम । लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले पनि बिरोध जनाएको छ । विज्ञापनको बिरोध गर्दै प्रदेश २ का मुख्यमन्त्रीले यसको कानुनी उपचार खोज्ने बताएलगत्तै प्रदेशका प्रमुख प्रतिपक्षी नेकपाले पनि लोकसेवा विज्ञापनको बिरोध जनाएको हो । लोकसेवा आयोगले संविधानको मर्म र […]

स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खुल्यो

१५ जेठ, काठमाडौं । तपाईं सरकारी जागिर खान चाहनुहुन्छ भने यसपटक राम्रो अवसर छ । किनभने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन […]

स्थानीय तहको नयाँ पाठ्यक्रम : पहिलो चरणमा प्रवेश परीक्षा

१४ जेठ, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहको लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । नयाँ पाठ्यक्रमअनुसार अब स्थानीय तहमा पनि पहिलो चरणमा इन्ट्रान्स (प्रवेश परीक्षा) पास गर्नुपर्ने छ । लोक सेवा आयोगले सुरुमा अधिकृत तहमा प्रवेश परीक्षा पास भएकाहरुलाई दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । पछि सुब्बाका लागि पनि त्यस्तै […]

न्याय सेवाको उपसचिवको परीक्षा : ७ पदमा कोही पनि सिफारिस भएनन्

३१ वैशाख, काठमाडौं । लोक सेवा आयोगले न्याय सेवातर्फ लिएको उपसचिव वा सो सरहको परीक्षामा ७ पदमा कुनै पनि उम्मेदवार सिफारिस हुन सकेका छैनन् । न्याय सेवाको न्याय समूह, कानुन समूह र सरकारी वकिल समूहबाट ७ पदमा उम्मेदवार सिफारिस हुन नसकेका हुन् । न्याय समूहमा आदिवासी जनजाती तर्फ १ र मधेशी तर्फ १ गरी २ […]

नयाँ मर्यादाक्रमबाट संवैधानिक निकायको अपमानः लोक सेवा

३ माघ, काठमाडौं । सरकारले जारी गरेको नयाँ मर्यादाक्रमले संवैधानिक निकायहरुको अपमान गरेको लोक सेवा आयोगले ठहर गरेको छ । संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम निकै तल राखिएको भन्दै आयोगले साविकको जस्तै कायम राख्न सरकारलाई आग्रह गरेको छ । आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रका महानुभावहरुको […]

लोक सेवा आयोगको प्रशासनिक अधिकार खोस्दै सरकार

१७ पुस, काठमाडौं । सरकारले लोक सेवाको प्रशासनिक अधिकार कटौती गरेर आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तयार पारेको छ । यसप्रति लोक सेवाले असन्तुष्टि जनाएको छ र सच्याउन आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधेयक समितिले तयार पारेको विधेयकमा लोक सेवामा कार्यरत कर्मचारीलाई अन्यत्र […]