Comments Add Comment

विदेशी लगानी

List Grid
विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने, यस्ता छन् ८ नयाँ व्यवस्था !

२५ जेठ, काठमाडौं । वैदेशिक लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी नेपाल राष्ट्र बैंकले विनियमावली बनाएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे […]

नेपाली सेयर बजारमा विदेशी लगानीको प्रवेश कहिले ?

४ चैत, काठमाडौं । दुई वर्षअघि तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले भनेका थिए, ‘नेपालको पुँजी बजार विकास र विस्तारका लागि विदेशी लगानी भित्र्याउनु जरुरी छ ।’ विदेशी लगानीकर्ता तथा गैरआवासीय नेपालीमार्फत पुँजी बजारमा लगानी भित्र्याएर पुँजी बजारलाई वित्तीय र मौद्रिक उपकरणको विस्तार गर्नु पर्ने उनको भनाइ थियो । दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलन उद्घाटन गर्दै […]

राष्ट्र बैंकको प्रस्ताव : विदेशी लगानी भित्र्याउन पूर्वस्वीकृति लिनु नपर्ने

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी (रकम) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी नयाँ विनियमावली तयार पारेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ तयार पार्दै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था प्रस्ताव गरेको हो । राष्ट्र बैंकले सर्वसाधारण तथा […]

विदेशी लगानी : उपभोक्तालाई फाइदा कि बेफाइदा ?

विदेशी लगानी भएको कम्पनी एनसेल नेपालमा नआउञ्जेल नेपालमा आम मानिसको पहुँचमा मोबाइल–फोन थिएन । एउटा सर्वसाधारण व्यक्तिले नेपाल टेलिकमको ‘सीम’ प्राप्त गर्नु पहाड फोर्नुजत्तिकै ठूलो चुनौती थियो । सामान्य मानिसले चाहेर पनि सीमकार्ड पाउन नसकिने अवस्था थियो । भनसुन गर्नुपर्ने, फारम भरेको महिनौं दिनपछि मात्र पाइने । एकदशक अघिसम्म नमस्तेको सीम प्रयोग गर्नु ‘स्टाटस मार्क’जस्तै थियो नेपालमा । २०६३ सालतिर होला मैले काठमाडौं मास्टर्स पढ्दै गर्दा ‘युटिएल कम्पनी’को मोबाइल एकदिनभरि लाइन […]

कृषिमा शर्तसहित विदेशी लगानी खुला

१७ पुस, काठमाडौं । सरकारले कृषि क्षेत्रमा विदेशी लागानी भित्र्याउन पाउने गरी कानुनी बाटो खोलिदिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधनमार्फत ५० करोड रुपैयाँ स्थिर पुँजी लगानी गर्ने र ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने शर्तमा लगानी भित्र्याउने बाटो खोलिएको उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले […]

विदेशी लगानीमा ह्रास, ऊर्जामा प्रतिबद्धता शून्य

२४ वैशाख, काठमाडौं । देशमा लगानीको वातावरण सुधारिएको सरकारले दाबी गरिरहँदा चालु आर्थिक वर्षमा भने वैदेशिक लगानीको स्थिति उत्साहजनक छैन । यस आवको चैत १५ गतेसम्म २ सय ६६ परियोजनामा ११ अर्बको मात्रै वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन गत वर्षभन्दा २४ अर्बले कम हो । वैदेशिक लगानीकर्ताहरुको सबैभन्दा ठूलो उदासिनता ऊर्जा क्षेत्रमा देखिएको […]

‘सेयर बजारमा विदेशी लगानी भित्र्याउने पक्षमा सरकार’

२१ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको बताएका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजार विस्तार खुलापनमा दक्षिण एशिया पछि परेको बताएका हुन् । यद्यपि नेपाल सरकार भने पूँजी बजारमा पनि विदेशी लगाउने […]

कम्युनिस्ट सरकारप्रति विदेशी लगानीकर्ताको ‘अविश्वास’

९ माघ, काठमाडौं । विदेशी लगानीकर्ताले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई विश्वास गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा वर्तमान सरकारले विदेशबाट लगानी ल्याउन चाहनेलाई विश्वासमा लिन गरेको पहल पनि प्रभावकारी देखिँदैन । चालु आर्थिक वर्षको पुस मसान्तम्म विदेशबाट आउने लगानी २६ प्रतिशतले घटेको छ । जबकि गत वर्षमा […]