Comments Add Comment

विराज भट्ट

List Grid
भोजपुरी फिल्मको छायांकनका क्रममा विराज घाईते

नायक विराज भट्ट भोजपुरी चलचित्र ‘आक्रोश’को छायांकनका क्रममा घाईते भएका छन् । नायक भट्ट घाईते भएपछि यो चलचित्रको छायांकन समेत रोकिएको छ । यो चलचित्रको छायांकन भारतको लखनउमा भैरहेको थियो । नायक विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको जानकारी दिएका छन् । रगते जमेका कारण दुई साता डाक्टरले आराम गर्न सल्लाहा दिएपछि […]

कसले फैलायो विराजले ८ लाख सहयोग गर्ने हल्ला ?

कोरोनाको त्रासका कारण नेपाल लकडाउनमा छ । दैनिक काम गरेर गुजारा चलाउनेहरु समस्यामा छन् । त्यस्ता व्यक्तिहरुको लागि चलचित्रकर्मीहरुले सहयोगको हात अगाडि बढाउँदै आएका छन् । चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई पनि चलचित्रकर्मीहरुले सहयोग गरिरहेका छन् । पल शाह, पूजा शर्मा, वर्षा राउत, दीपकराज गिरी, वर्षा सिवाकोटी, करिष्मा मानन्धर लगायतका चलचित्रकर्मीले सहयोगको हात अगाडि बढाइसकेका […]

के ‘साङ्लो’ गलत समयमा रिलिज भएको हो ?

नायक विराज भट्टको निर्माण, निर्देशन तथा अभिनयमा तयार भएको चलचित्र ‘साङ्लो’ शुक्रबारदेखि हलमा लागिरहेको छ । चलचित्रको व्यापार अपेक्षित छैन । चलचित्रले शनिबार काठमाण्डौका सिंगल हलमा सुखद व्यापार गर्यो । मल्टिप्लेक्समा चलचित्रको व्यापार कमजोर छ । लामो समयदेखि नेपाली चलचित्र हेर्न हलमा दर्शक आएका छैनन् । उसो त, हलमा हिन्दी चलचित्र हेर्ने दर्शक पनि छैनन् […]

‘साङ्लो २’ बन्न सक्छ – विराज

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘साङ्लो’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । चलचित्रले दर्शकको उत्साहजनक साथ पाइरहेको छ । शुक्रबार ठिक-ठाक व्यापार गरेको यस चलचित्रले शनिबार र आइतबार भने राम्रो व्यापार गर्न सफल भएको छ । सुनसान चलचित्र घरहरुमा दर्शकको चहल-पहल सुरु भएको छ । चलचित्रको व्यापारबाट उत्साहित निर्माता, निर्देशक तथा अभिनेता विराज भट्ट […]

हलमा देखियो विराजको क्रेज, दर्शकले भने-बाघ फर्कियो

शुक्रबारबाट रिलिज भएको नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ले दर्शकको साथ पाएको छ । सिंगल थिएटरहरुमा विराजको क्रेज गज्जब देखिएको छ । शनिबार नायक विराज भट्ट नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित विभिन्न सिंगल थिएटरहरुसम्म पुगेका थिए । जहाँ विराजलाई दर्शकले घेरेका थिए । विराजको नाममा हुटिङ र सीठ्ठी फुक्ने दर्शक धेरै […]

विराजको गुनासो–‘फिल्म रिलिजको समयमा ब्ल्याकमेलिङ भयो’

नायक विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘साङ्लो’ शुक्रबारदेखि रिलिज हुँदैछ । तर, चलचित्र रिलिजको समयमा यसमा समावेश एक गीतलाई लिएर विवाद सुरु भएको छ । चलचित्रमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमाथि कपिराइटको उजुरी परेको छ । चलचित्रको यो गीतमा निशान भट्टराइको शब्द रहेको निर्माणपक्षले सार्वजनिक गरेको गीतमा उल्लेख छ । तर, […]

‘साङ्लो’ एक्सन चलचित्र मात्र होइनः विराज

१९ माघ, काठमाडौं । नायक विराज भट्ट एक्सन स्टारको रुपमा चिनिन्छन् । उनले प्रायः एक्सन चलचित्रहरुमा नै काम गरेका छन् । उनको एक्सनलाई दर्शकले रुचाएका पनि छन् । अहिले विराज आफैँले निर्माण तथा निर्देशन गरेर चलचित्र ‘साङ्लो’ तयार गरेका छन् । यस चलचित्रको मुख्य भूमिकामा विराज आफैँ फिचर भएका छन् । केही वर्ष नेपाली चलचित्रबाट […]

विराज भन्छन्–‘मिनरल वाटरले मुख धोएको कुरा हल्ला हो’

नायक विराज भट्ट चलचित्र क्षेत्रमा आज पनि उत्तिकै सक्रिय छन् । विराजले अभिनय गरेका ७५ भन्दा बढी चलचित्रले दर्शकमा राम्रो छाप छाडेका छन् । उनै, विराज यतिबेला चलचित्र ‘साङ्लो’को प्रचारमा व्यस्त छन् । विराजले अनलाइनखबरसँग कुरा गर्दै भने–‘हेरक कलाकारमा हुनुपर्ने एउटा गुण के हो भने, उसमा सहयोगी भावना हुनुपर्छ । निर्मातलााई कलाकारले सहयोग गर्न आवश्यक […]

विराजले निकितालाई ‘झ्याम्मै आँखा मारेपछि’

माघको २४ गतेबाट रिलिज हुन लागेको नायक विराज भट्ट र नायिका निकिता चण्डक अभिनित चलचित्र ‘साङ्लो’को दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक भएको छ । यो गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराई र अन्जु पन्तको स्वर, निशानकै शब्द छ । डान्सिङ नम्बरमा तयार पारिएको यो गीतमा नायक विराज भट्ट र नायिका निकिता चण्डकको जोडी सुहाएको […]

‘आफ्नै लापरवाहीले बलिउडमा प्रवेश गर्न सकिनँ’: विराज भट्ट

नायक विराज भट्टले चलचित्र क्षेत्रमा लागेर राम्रै नाम र दाम कमाए । नेपाली चलचित्रमा चलिरहँदा उनी भोजपुरी चलचित्रमा व्यस्त बने । यसपछि भने नेपाली दर्शकले विराज भट्टलाई विस्तारै विर्सन थाले । विराजले कमब्याक गरेको चलचित्र ‘जय परशुराम’ बक्स अफिसमा चिप्लनु पनि यसको एउटा उदाहरण हो । अरु, निर्देशकले नै निर्देशन गरेको चलचित्रमा काम गरेर सन्तुष्ट […]

‘बाघ जंगलबाहिर कतै गएकै थिएन’: विराज भट्ट

चलचित्र ‘साङ्लो’को पत्रकार सम्मेलनमा कार्यक्रम संचालक नरेश भट्टराइले नायक विराज भट्टलाई बाघ फर्किएको भन्दै सम्बोधन गरे । नेपाली चलचित्र क्षेत्रमा राम्रो कमाई हुँदा हुँदै विराज भोजपुरी चलचित्र क्षेत्रमा लागेका थिए । भोजपुरी चलचित्रबाट उनले राम्रो नाम र दाम कमाए । उनै, विराज केही बर्ष अगाडि मात्र निर्माता रोज राणाको चलचित्र ‘जय परशुराम’बाट चलचित्र क्षेत्रमा फर्किए […]

विराजको ‘साङ्लो’को एक्सनप्रधान ट्रेलर रिलिज

नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सनप्रधान ट्रेलर रिलिज गरिएको हो । चलचित्रमा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, […]

‘साङ्लो’ गीतः विराजसँग निकिताको ‘चरीले काफल’

नायक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’ माघको २४ गतेबाट रिलिज हुँदैछ । विराज आफैले निर्देशन गरेकाले पनि चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, चलचित्रमा समावेश पहिलो गीत ‘चरीले काफल’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । गीतको […]

फस्टलुकसँगै विराजको ‘साङ्लो’को प्रदर्शन मिति तय

नायक विराज भट्टले आफ्नो स्टाइललाई नछाडेको चलचित्र ‘साङ्लो’को फस्टुलकबाट पनि वुझ्न सकिन्छ । आफ्नो एक्सन स्टाइललाई अगाडि बढाउँदै विराजले आफू निर्मित तथा निर्देशित चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् । विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुने भएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम […]

विराज भन्छन्–‘मलाई हिरो बन्दैनस् भनेर धेरैले भन्थे’

नायक विराज भट्टले केही समय अगाडिसम्म ‘एक्सन नायक’को रुपमा चलचित्र क्षेत्रमा आफ्नो स्थान बनाए । उनको एक्सनलाई दर्शकले अत्याधिक मन पराएका थिए । तर, विराजले यो समय सजिलै पाएका भने होइनन् । सुरुवाती दिनमा विराजले टेलिसिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । चलचित्रमा सानो रोलमा पनि उनी काम गर्न तयार हुन्थे । तर, लक्ष्य […]

विराज र निकिताको ‘साङ्लो’को रिलिज डेट फाइनल

नेपाली चलचित्रमा कुनै समयका सफल नायक विराज भट्टले निर्देशन गरेको चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति तय गरिएको छ । एक्सन कथामा तयार भएको यो चलचित्रलाई तिहार लगतै रिलिज गर्ने पक्का भएको हो । चलचित्रलाई कात्तिक १५ गतेबाट नेपालभर रिलिज गरिने वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । विराजको निर्देशनमा तयार भएको चलचित्रमा उनको साथमा नायिका निकिता […]

विराज र निकिताको ‘साङ्लो’को छायांकन सकियो

छायांकन सुरु हुनु अगावै विवादमा तानिएको नायक विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’ छायांकनको क्रममा पनि विवादित बन्यो । गाउँपालिकाले चलचित्रका लागि १० लाख दिएपछि यसको विवाद चुलिएको हो । तर, यसको निर्माणपक्षले भने यी सबै कुराहरुलाई किनारा लगाउँदै छायांकन सकेको छ । यो चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माणपक्षले बताएको छ । नायक विराज भट्टको […]

‘साङ्लो’मा विराज र निकिताको यस्तो लुक्स

गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिदिएपछि यतिबेला डोटीमा छायांकन भैरहेको नायक विराज भट्ट र नायिका निकिता चण्डकको चलचित्र ‘साङ्लो’ विवादमा छ । यो चलचित्रलाई विराज आफैले निर्देशन पनि गरिरहेका छन् । सामाजिक कथावस्तुलाई पर्दामा उतार्न लागिएको चलचित्रले किड्नी तस्करीको कथा उठान गर्ने चर्चा भएपनि नायक भट्टले भने यो कुरा स्विकार गरेका छैनन् । विभिन्न कारणले […]

अध्यक्षले खेलेकाे फिल्मलाई गाउँपालिकाले दियो १० लाख

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘साङ्लो’ तयार भइरहेको छ । डोटी जिल्लामा अहिले चलचित्रको गीतको छायांकन भइरहेको छ । यस चलचित्रका लागि डोटीको जोरायल गाउँपालिकाले विकास बजेटबाट १० लाख रुपैयाँ दिएको छ । रकम निकासा गरेका गाउँपालिका अध्यक्ष आफैंले चलचित्रमा अभिनयसमेत गरेका छन् । जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त चलचित्रलाई १० […]

पाण्डेलाई हात हालेका विराजले माफी मागे

चलचित्र प्राविधिक संघको कार्यलयमा उपस्थित भएका नायक विराज भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । सोमबार बेलुकी विराजले प्राविधिक पाण्डेमाथि हात हालेका थिए । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए । तर, पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका हुन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतीमै कुरा टुंगिएको बताए । […]

विराजले शंकरमाथि हात हालेपछि लफडा

नायक विराज भट्टले आफ्नै निर्देशनमा बनाउन लागेको चलचित्र ‘साङ्लो’को छायांकन कहिले सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, यो चलचित्रलाई लिएर विभिन्न खालका लफडा भने सार्वजनिक भएका छन् । यसैविच, चलचित्रका नायक तथा निर्देशक विराज भट्टले चलचित्र प्राविधिक शंकर पाण्डेमाथि हात हालेपछि लफडा उत्पन्न भएको छ । सोमबार बेलुकी काठमाण्डौको नयाँ बानेश्वरमा अवस्थिती एक […]