News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'राम नाम सत्य'मा समावेश 'धागोले बाटेको' गीत युट्युबमा ४० लाख भन्दा बढी पटक हेरिएको छ।
- फिल्मले नयाँ गीत 'हुम्लाको लिमी' सार्वजनिक गरेको छ जसमा एसडी योगी र गीताञ्जली थापाको स्वर छ।
- फिल्मको कथा, पटकथा तथा निर्देशन माइकल चन्दले गरेका छन् र यो लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको हो।
काठमाडौं । फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । गीतलाई युट्युबमा ४० लाख भन्दा बढी पटक हेरिएको छ ।
यो गीत चलिरहेको समयमा फिल्मले नयाँ गीत सार्वजनिक गरेको छ । ‘हुम्लाको लिमी’ बोलको गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, योगीको संगीत र मौसम अर्यालको शब्द छ ।
रोमान्टिक शैलीको यो गीतलाई सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका हुन् । गीतमा फिल्मका कलाकार विराज भट्ट र खुशी कार्कीले नृत्य गरेका छन् । छायांकन दैलेखमा गरिएको हो ।
माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ । उपेन्द्र शाही र श्वेता बिमलीको लगानी रहेको फिल्मका कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् ।
मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ ।
मानकृष्ण महर्जनकोे छायांकन रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याग्राउन्ड म्युजिक छ । नवराज शर्मा यो फिल्मका मुख्य सहायक निर्देशक हुन् । फिल्ममा सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुषसिंह ठकुरीको पनि अभिनय छ । टिजरले पनि सामाजिक संजालमा दर्शकको मन जितिरहेको छ ।
यो फिल्म लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको हो ।
प्रतिक्रिया 4