+
+
Shares

सुशील, दिब्याले चितवनबाट थाले ‘राम नाम सत्य’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ र झण्डै ८० प्रतिशत छायांकन चितवनमै गरिनेछ।
  • फिल्मको ४० दिन छायांकन चितवनमा र १० दिन मुस्ताङमा गरिने निर्देशक माइकल चन्दले जानकारी दिए।
  • फिल्म २७ चैतबाट रिलिज हुने तयारीमा छ र यसमा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी लगायत कलाकारको अभिनय रहनेछ।

काठमाडौं । यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ ।

झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए ।

उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए ।

‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए ।

यो फिल्म २७ चैत गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । फिल्ममा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, विराज भट्ट, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी लगायतको अभिनय हुनेछ ।

फिल्ममा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको विशेष भूमिका रहनेछ । उपेन्द्र सुब्बा र श्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रुपमा छन् ।

मोती कार्की क्रिएटिभ निर्माताको रुपमा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ ।

एक्सन, सस्पेन्स र प्रेमको जनरामा यो फिल्म निर्माण गरिनेछ । निर्देशक चन्दले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?