+
+
Shares

विराज हल पुग्दा यस्तो क्रेज, ‘राम नाम सत्य’ को कमाइबारे वितरक के भन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'राम नाम सत्य'ले नयाँ वर्ष २०८३ को अवसरमा सुरुवाती दुई दिनमा सुखद व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिनुभयो।
  • अभिनेता विराज भट्टले काठमाडौंका विभिन्न हलमा दर्शकको हुटिङ र साथ पाएर उत्साहित हुनु भएको छ।
  • फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी लगायत कलाकारको अभिनय रहेको छ र माइकल चन्दले निर्देशन गर्नुभएको छ।

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को छेकोमा प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

शुक्रबार भन्दा शनिबारको व्यापार बढेको शाहीको भनाइ छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउडसँग तुलना गरेका छन् ।

शनिबार अभिनेता विराज भट्ट काठमाडौंका विभिन्न हलमा पुगे । अष्टनारायण हलमा १२ सय बढी दर्शकबाट विराज घेरिएका थिए । अष्टनारायणको हजार सिट भएको हलमा दर्शक भरिएपछि ५ सय सिट भएको अर्को हलमा फिल्म लगाइएको थियो । विराज पुग्दा दर्शकले हुटिङ गर्दै साथ दिएका थिए ।

उपेन्द्र शाही र श्वेता बिमलीको निर्माणमा तयार भएको यो फिल्मलाई हेरेर निक्लिएका दर्शकले सुखद प्रतिक्रिया दिएपछि विराज भट्ट उत्साहित देखिए । उनले भने, ‘मलाई सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने लागेको थियो । तर, दर्शकले फिल्मलाई मन पराउनुभएको छ । यसले, हामीलाई उत्साहित बनाएको छ ।’

निर्माता नयाँवर्षको दिनमा फिल्मको कमाइमा बढोत्तरी हुने आशामा छ । काठमाडौं बाहिरका हलमा पनि फिल्मको व्यापार सुखद रहेको वितरक कुवेर फिल्मस्ले बताएको छ ।

यो फिल्ममा विराजको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारको अभिनय छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।

सह–निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह-निर्माताको रुपमा छन् । मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?