Comments Add Comment

शहीद

List Grid
सरकारले घोषणा गर्‍याे २८ सय ७ सुरक्षाकर्मीलाई शहीद

१५ माघ, काठमाडौं । सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरुलाई […]

प्रदेशसभामा शहीदको तस्वीर राख्ने होड !

२९ माघ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै शहीदको तस्वीरलाई लिएर मधेसवादी दलले हंगामा गरे । सभामुखले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्वीर राख्न रुलिङ गरेपछि सभाको अवरोध हट्यो । रुलिङअनुसार दोस्रो बैठकमा मधेस आन्दोलनका शहीदहरुको तस्वीर पनि प्रदेशसभामा राखियो । तर, फेरि शहीदकै तस्वीरलाई लिएर अर्को विवाद सुरु भयो । माओवादी प्रदेश […]

प्रदेश २ को संसद बैठक कक्षमा टाँगिए मधेश आन्दोलनका शहीद

२९ माघ,जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक कक्षमा मधेश आन्दोलनका शहीदको फोटो टाँगिएको छ । प्रदेशसभाको पहिलो बैठकमा मधेश आन्दोलनका शहीदको फोटो नराखिएको भन्दै मधेशवादी दलका सांसद अवरोध गरेका थिए । सभामुखको आसनबाट जेष्ठ सदस्य लगनलाल चौधरीले अर्को बैठकमा मधेश आन्दोलनका शहीदको फोटो पनि राख्न रुलिङ गरे बमोजिम सोमवार प्रदेशसभा बैठक बस्नुअघि कर्मचारीले शहीदको […]

‘जिउँदो शहीद’ गाेपालः जसले रिक्सा चलाएर दैनिक १५ सय कमाउँछन्

१६ माघ, झापा । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उनलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उनकै काँधमा छ, त्यसैले उनी सकिनसकी सिटी रिक्सा […]

अनेरास्ववियुले नमोबुद्धमा बनाउने भयो विद्यार्थी शहीद पार्क

१६ माघ,काभ्रे । शहीद दिवसको अवसर पारेर एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण हुन लागेको विद्यार्थी शहीद पार्कको मंगलबार शिलान्यास भएको छ । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ९ स्थित कुरगाउँमा शहीदहरुको सम्झनामा नेपालकै एकमात्र विद्यार्थी शहीद पार्क बन्न लागेको हो । शहीदपार्कमा बिभिन्न आन्दोलनमा शहीद भएका विद्यार्थी नेताहरुको शालिक राखिनेछ । विद्यार्थी आन्दोलनको इतिहासलाई […]

कति सहिद छन् ? सरकारलार्इ नै थाहा छैन

१५ माघ, काठमाडौं । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइदै आएको छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकीन तथ्यांक छैन । विसं २०१२ देखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा कार्यक्रम गरिँदै आएको हो । विसं […]

धनकुटाका २१ जना शहीद घोषित (सूचीसहित)

२८ पुस, काठमाडौं । पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार बिहान शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ । धनकुटा जिल्लाकै बासिन्दासमेत रहेका तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पालामा ०३७ साल कात्तिक २७ गते छिन्ताङमा १६ […]

सहिदको तस्वीर प्रयोग गरेर भोट नमाग्न आयोगको चेतावनी

१५, मंसिर, काठमाडौं । निर्वाचन आयोगले सहिदको तस्वीरलाई दुरुपयोग गरेर भोट नमाग्न दलहरुलाई चेतावनी दिएको छ । प्रदेश २ मा मधेस केन्द्रीय दलहरुले आन्दोलनका क्रममा मारिएकाहरुको तस्वीर, आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागिरहेका छन् । अन्य दलहरुले यसबारे आयोगको ध्यानाकर्षण गराएका छन् । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनको तस्वीर, ध्वनी तथा सहिदको तस्वीर प्रयोग […]

दाङ बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्न माग

१३ मंसिर, काठमाडौं । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो । समितिका संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला शान्ति सुरक्षाका […]

रुकुमका कामी बुढा शहीद घोषणा, को हुन् कामी बुढा ?

९ जेठ, काठमाडौं । सरकारले रुकुमका कामी बुढामगरलाई शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शहीद घोषणा गरेको हो । कामी बुढामगरलाई कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले २०१० सालमा हत्या गरेको थियो । उनलाई माओवादीले जनयुद्धकालदेखि नै शहीदको रुपमा सम्मान गर्दथ्यो । कामी बुढा अर्थात् किसान आन्दोलनको कमाण्डर कामी बुढामगरको जन्म […]

वनरक्षक शाहीलाई सरकारले शहीद घोषणा गर्ने

२१ पुस, काठमाडौं । सरकारले ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका बनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने भएको छ । साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता पनि दिने भएको छ । जाजरकोट स्थायी घर भएका शाहीको १७ पुसमा खोक्लिङ गाविस-४ मा खुकुरी प्रहार गरी बिभत्स हत्या भएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कर्तव्य पालनाको […]