+
+
Shares

 रुकुमबाट प्रचण्डको घोषणा : अब बेपत्ता मुखले भन्ने मात्र हो, सबै शहीद भइसके

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते ११:२५

८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बेपत्ता योद्धा कोही जीवित नभएको बताएका छन् ।

बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बेपत्ता योद्धा कोही जीवित नरहेको बताएका हुन् ।

माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियानको क्रममा त्यहाँ पुगेका प्रचण्डले भने, ‘अब बेपत्ता योद्धा भन्ने अब छैन, खाली मुखले भन्ने मात्रै हो, सबै शहीद भइसके । कोहि जीवित छैनन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यले प्रक्रिया पुर्‍याएर कानुनी रूपले नभनेसम्म मात्रै बेपत्ता भन्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘तर अब राज्यले प्रक्रियाबाट गएर कानुनी रूपले उहाँहरू हुनुहुन्न नभनेसम्म हामीले बेपत्ता भन्नुपर्ने बाध्यता मात्रै बाँकी छ,’ उनले भने ।

उनले सबै बेपत्ताका परिवारले उनीहरू शहफद भइसकेको मानसिकता बनाउन आग्रह गरे । ‘ बेपत्ता योद्धाका परिवारजनले मानसिकता बनाउनुहोला, उहाँहरू पनि महान शहीदकै क्याटगोरीमा आउनुहुन्छ, उहाँहरुलाई पनि हामी शहीद कै सम्मान गर्छौं, शहीद परिवारले पाउने सबै सम्मान र सुविधा बेपत्ता योद्धाका परिवारले पनि पाउनु हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?