Comments Add Comment

शिलान्यास

List Grid
विकास परियोजनामा नयाँ राजनीतिक विकृति : पूर्वतयारी नसक्दै शिलान्यास, काम नसक्दै उद्घाटन

२४ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए । फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे । त्यो अवसरमा नेपालमा विकासको लहर आएको भाषण गरे । तर, महामारी दैलोमा आइपुग्दा शिलान्यास भएका धेरैजसो आयोजना पूर्वतयारी नपुगेकाले […]

महाप्रेत पन्छाउन शिलान्यासको चलन, किन पुजिन्छ ५ वटा ढुंगा ?

हरेक कामको सुरुवात गर्नुअघि शिलाको पूजा गरेर शिलान्यास गरेको सबैतिर देखिन्छ । ठूलाठूला आयोजनाको शिलान्यासको त ठूलै समाचार पनि बन्छ । तर यो शिलान्यासमा पूजा कसको गरिन्छ र यसको प्रतीक के हो ? भन्ने विषय खासै बाहिर आउँदैन । पहिले पञ्चशिलासँगै ब्रह्मा, विष्णु र रुद्रको पूजा गर्ने गरिन्छ । घर धेरै समयसम्म टिकोस् भनेर गरिने […]

प्रधानमन्त्रीलाई नेता नेपालको कटाक्ष : कति नाम लेख्ने रहर रहेछ !

२२ चैत, काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली तमासा मात्र गरेको टिप्पणी गरेका छन् । झण्डै दुई तिहाई मत पाएका प्रधानमन्त्री ओलीले विगतका राम्रा कामलाई निरन्तरता देलान र कमकमजोरी सुधार गर्दै पार्टीको छवि राम्रो गर्लान् भन्ने लागेको भएपनि त्यसअनुसार काम कारबाही नभएको उनले बताए । आइतबार काठमाडौं […]

प्रधानमन्त्रीले शिलान्यास गरे, एक वर्षपछि थालिने छ सुरुङ खन्न

२० फागुन, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । तर, आयोजनाको सुरुङ खन्ने काम सुरु हुन भने अझै एक वर्षभन्दा बढी समय लाग्ने सिँचाइ विभागले जनाएको छ । यो आयोजनाको अहिलेसम्म ठेक्का लागिसकेको छैन । ठेक्का गरेर कम्पनी छनोट भएपनि निर्माणको सम्झौता भने भएको […]

प्रधानमन्त्रीले गरे सुनकोशी-मरिन डाइभर्सन आयोजनाको शिलान्यास

२० फागुन, काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको आज बिहीबार एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय गौरवको यो आयोजना […]

प्रधानमन्त्रीले सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्दै

२० फागुन, काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिन्धुली जाँदैछन् । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली बिहान ११ बजे सिन्धुली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीको […]

प्रधानमन्त्री पोखरा आउने निधो भएपछि हतार-हतार राखियो शिलान्यास कार्यक्रम

१७ फागुन, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले खारेज नगर्दासम्म पोखरामा फागुन १५ गतेका लागि ओली समूहले आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको कदम बदर गरिदिएपछि १५ गते अमरसिंह चौरमा गर्ने भनिएको आमसभा पनि स्थगित भयो । आमसभा स्थगित गरेर ओली समूहले पोखरा […]

सरकारी खर्चमा प्रधानमन्त्री ओलीको ‘चुनावी’ दौडाहा

१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा पार्टीका कार्यक्रमहरुमा भाग लिन देश दौडाहमा छन् । पार्टीका आमसभामा सहभागी हुन कार्यक्रमस्थलसम्म पुग्न भने उनले विकासको आयोजनाहरुका नाममा राज्यकोषको खर्च गरिरहेका छन् । सरकारी खर्चमा पार्टीको कार्यक्रमका लागि दौडाहमा निस्कँदा हुनसक्ने सम्भावित विरोध र आलोचना रोक्न र घोषित निर्वाचनअघि सरकारको काम देखाउन उनले शिलान्यास […]

पुलको काम २५ प्रतिशत सकिएपछि मुख्यमन्त्रीद्वारा शिलान्यास

१८ माघ, बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् । २५ प्रतिशत काम भइसकेको पुल शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको भद्र अवज्ञा र विरोध गरेको छ । […]

वीरगञ्जको सिद्धार्थ माविमा परीक्षा हलको शिलान्यास

२ पुस, वीरगञ्ज । वीरगञ्ज–१४ चिनीमील आवासक्षेत्रस्थित सिद्धार्थ माविमा ३ करोड ५० लाख रुपैयाँको लागतमा परीक्षा हल बनाइने भएको छ । राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बनाउन लागिएको परीक्षा हलको बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र संघाईले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । १० हजार ६ सय स्क्वायर फिट परीक्षा हलमा एकै पटकमा १ […]

बागमती प्रदेश सभाको भवन ३ वर्षपछि शिलान्यास

१० मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा सचिवालयको भवन बुधबार शिलान्यास भएको छ । तत्कालीन मध्यामाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा २ वर्ष १० महिनादेखि अस्थायी रुपमा बसिरहेको संसद भवन र प्रदेश सभा सचिवालयले बल्ल नयाँ भवन निर्माण सुरु गरेको हो । लामो समयसम्म प्रदेशको स्थायी राजधानी नटुङ्िगएकोले प्रदेश सभा भवन बन्न सकेको थिएन । बागमती […]

हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास

१० मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास गरिएको छ । प्रदेश सरकारले ५ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको सभाहलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । सभाहल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीमा आधुनिक सभाहलको आवश्यकता भएका कारण सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको […]

निजगढ विमानस्थल : किन शिलान्यासमै केन्द्रित छन् पर्यटनमन्त्री ?

२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल यसै वर्ष (सन् २०१९) भित्रै शिलान्यास गर्ने घोषणा गरे । यस विमानस्थलको चर्चा सुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा विमानस्थलको शिलान्यास हुने उल्लेख गरेका थिए । सोमबार नेपाल एयरलाइन्समा […]

शिक्षामन्त्रीका एकैदिन ११ कार्यक्रम

२९ वैशाख, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेल मंगलबार एकैदिन महोत्तरी र सर्लाहीमा ११ वटा औपचारिक कार्यक्रममा सहभागी भए । आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटनन मात्रै गरेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ । बिहान ६ बजेदेखि अपराहृन दुई बजेसम्ममा मन्त्री पोखरेलले महोत्तरीमा सात र सर्लाहीमा एउटा गरी आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरेका […]

भीभीआइपीको वैशाख १२ पनि शिलान्यास मै बित्ने भो

९ वैशाख, काठमाडौं । भूकम्प गएको एक वर्ष पुगेको अवसरमा वैशाख १२ गते थप ४ वटा पुरातात्विक सम्पदाको शिलान्यास हुने भएको छ । भूकम्पपीडितको घर बनाउने क्रम अझै सुरु नभए पनि सरकारले पुरातात्विक सम्पादाको शिलान्यास गरेरै वैशाख १२ गते भूकम्प स्मिृति दिवस मनाउने योजना बनाएको छ । वैशाख १२ मा काठमाडौं उपत्यका ४ पुरातात्विक सम्पदाको […]