Comments Add Comment

शैक्षिक सत्र

List Grid
कहिले खुल्छन् विद्यालय ?

२७ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन वित्न लागिसक्यो । तर लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भइरहे पनि ग्रामिण क्षेत्रमा त्यो पनि हुन सकेको छैन । कोभिड–१९ को दोस्रो लहर केही कम भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । […]

वैकल्पिक माध्यमबाट विद्यार्थी भर्ना अभियान थाल्ने स्थानीय तहहरुको तयारी

२७ जेठ, काठमाडौं । आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् । शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई […]

‘विद्यार्थीको शैक्षिक सत्र खेर जानुहुँदैन’

कोरोनाको दोस्रो लहरले अस्तव्यस्त बनाएको क्षेत्रमध्ये शिक्षा पनि हो । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएको नाताले विद्यार्थीले सामाजिक सञ्जालमार्फत आफ्ना जिज्ञासा, पीडा र तनावहरू मलाई पनि पोष्ट गरिरहेका छन् । मैले फोन वा विभिन्न माध्यमबाट आफ्ना सुझाव दिइनै रहेको छु । अब शैक्षिक क्षेत्र धेरै अन्योलग्रस्त राखिरहन हुँदैन । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न […]

हिमाली क्षेत्रको शैक्षिक सत्र पनि असारमा नै सुरु हुने

३ चैत, काठमाडौं । यो वर्ष हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । सामान्यतया फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा कोरोनाको कारण नयाँ शैक्षिक सत्र अन्य जिल्लाहरुसँगै असारबाट नै हुने भएको हो । मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, […]

शैक्षिक सत्र असोजसम्म सारौं : शिक्षाविद् डा. वाग्ले

१० फागुन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण अस्त व्यस्त बनेको शैक्षिक क्षेत्र विस्तारै लयमा फर्किएको छ । तर, लकडाउनका कारण खल्बलिएको यस वर्षको शैक्षिक सत्र चैत–बैशाखमै पूरा हुने स्थिति छैन । चालु शैक्षिक सत्र कहिलेसम्म जारी राख्ने भन्नेबारे शिक्षा क्षेत्रमा बहस जारी छ । सरकारले आगामी शैक्षिक सत्र असारदेखि सुरु हुने निर्णय […]

शैक्षिक सत्र पछाडि धकेलिँदा विदेश पढ्न जान समस्या

७ फागुन, काठमाडौं । चालु वर्षको शैक्षिक सत्र जेठमा सक्ने निर्णय आएसँगै विदेश पढ्न जाने विद्यार्थीहरु जान नपाउने सम्भावना बढेको छ । प्राय नेपाली विद्यार्थी अध्ययन गर्न जाने देशमा अंग्रेजी महिनाको जुन, जुलाई अर्थात चैत, वैशाखमा शैक्षिक सत्र सुरु हुन्छ । नेपालमा कोभिड–१९ महामारीका कारण शैक्षिक सत्रको लामो अवधि विद्यालयहरु सञ्चालन हुन नसक्दा जेठ मसान्तमा […]

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर […]

शुरु नभई सकियो मनाङको शैक्षिक सत्र

१० मंसिर, मनाङ । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । गत […]

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

३ मङ्सिर, कर्णाली (सुर्खेत) । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण गएको करिब ८ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन् । यो अवधिमा अनलाइन कक्षामा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका केही प्रतिशत बालबालिका सहभागी […]

‘स्कुलहरु कोरोना संक्रमणको थलो बने भने हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन’

१८ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण शैक्षिक सत्र गुम्ने जोखिम बढेपछि काठमाडौंको चन्द्रागिरी, गोकर्णेश्वर, काभ्रेको पनौती, बाराको बारागढी, सिराहाको मिर्चैया लगायत पालिकाले विद्यालय खोल्ने निर्णय गरे । उनीहरुले स्वास्थ्यका सबै मापदण्ड अपनाएर निश्चित संख्यामा विद्यार्थी पढाउने, गृहकार्य दिने गर्न थालेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौं,  लमजुङ, बारा लगायतले भने […]

‘यो वर्षको शैक्षिक सत्र जेठसम्म लैजाऔं’

कोभिड-१९ को महामारी शुरु भएपछि हाम्रो पठनपाठन प्रभावित भयो । भेला हुने, नियमित हिड्डुल तथा आवागमन नै प्रभावित भएपछि २०७६ चैत्र ५ गतेदेखि नेपालका शिक्षालयहरुका पूर्ववत् गतिविधि बन्द रहे । जसले गर्दा शैक्षिक सत्र नै खेर जाने भय सर्वत्र व्याप्त हँुदै थियो । ‘संकटमा शिक्षालयहरु अवरुद्ध हुनसक्छन् तर बालबालिकाको सिकाई अवरुद्ध हुनुहुदैन’ भन्ने विश्वव्यापी मान्यतालाई […]

शैक्षिक सत्र आगामी चैतमै सकिन्छ : पाठ्यक्रम विकास केन्द्र

३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित […]

यसरी शुरु गर्न सकिन्छ शैक्षिक सत्र

मुलुक विगत पाँच महिनादेखि कोभिड १९ को त्रासमा छ । आर्थिक, सामाजिक, शैक्षिक लगायतका कृयाकलाप ठप्प प्राय छन् । बाहिर ठीकठाक जस्तो देखिन्छ, तर भित्रभित्रै धेरै क्षेत्रमा नकारात्मक असर परेको छ । आर्थिक कृयाकलापमा आएको मन्दीका कारण रोजगारी मात्र नभएर मानसिक तनावमा पर्ने अवस्था आउन लाग्यो । लकडाउनले पनि सङ्क्रमणको दरलाई रोक्न सकेन । पुन: […]

कोरोनाले शैक्षिक सत्रमा पारेको असरबारे प्रतिवेदन माग

२८ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नोवेल कोरोना भाइरस (कोभिड–१९)ले शैक्षिक सत्रमा पारेको असरबारे पाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् । आफ्नै अध्यक्षतामा बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन । गत चैतदेखि पढाइ ठप्प भएर शैक्षिक सत्र प्रभावित हुने […]

शैक्षिक सत्र सुरु भएको दुई महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्

२८ जेठ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन् । केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ । शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ […]

शैक्षिक शत्र सुरू भएको अठार दिनपछि मात्र खुले ताप्लेजुङका विद्यालय

२३ वैशाख, काठमाडों । सरकारी निर्णय अनुसार देशभरका सामुदायिक विद्यालय वैशाख २ गते देखिनै लगाउनु पर्ने हो । तर ताप्लेजुङका अधिकांश विद्यालय भने तोकेको समय भन्दा अठार दिन पछि अर्थात २० गतेबाट मात्र खुलेका छन् । २ देखि १५ गते सम्म स्कुल आउने वालवालिकालाई फुलमालाले स्वागत गर्नु, ५ गते देखि किताब दिवस मनाउँदै बिद्यार्थीका हातमा […]

पुस्तक अभावबारे नबोल्न जनक शिक्षाको निर्देशन !

१६ वैशाख, नवलपरासी । नयाँ शैक्षिक सत्र सुरु भए पनि नवलपरासीमा पाठ्यपुस्तक अभाव छ । तर, अभिभावक र पत्रकारहरुले अभावबारे स्थानीय बिक्री केन्द्रमा बुझ्दा केन्द्रबाट नबोल्ने निर्देशन आएको भन्दै कर्मचारीहरु पन्छिने गरेका छन् । पुस्तक व्यवसायी महासंघ नवलपरासीका अध्यक्ष देवलाल काफ्लेका अनुसार नवलपरासीमा कक्षा ६ र ७ का अहिले कुनै पनि पुस्तक उपलब्ध छैनन् । […]