Comments Add Comment

संसद विघटन

List Grid
‘सरकार गठनको चौथो विकल्पसम्म नगई संसद विघटन हुनै सक्दैन’

२२ चैत, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर घोषणा गरेपछि पनि राजनीतिक वृत्तमा फेरि संसद विघटन र ताजा जनादेशकाे प्रसंग उठिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन ठीक थियो भन्न छाडेका छैनन् र फेरि पनि ताजा जनादेशमा जान सकिने बताउँदै आएका छन् । प्रधानमन्त्री मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि […]

‘आफैंले मारेको संसदको मृतात्मासँग बसेर कहिलेसम्म शासन चलाउने ?’

२७ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ११ फागुनमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने बताउँदै आएका छन् । २३ फागुनमा सर्वोच्चले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताएपछि राजनीति संसदको अंक गणित केन्द्रित भएको छ । तर, राजनीतिक विश्लेषकहरू भने संसदमा गणितीय जोड घटाऊ सुरु हुनुअघि नै प्रधानमन्त्री […]

प्रतिनिधिसभामा कांग्रेसको रणनीति के ?

१९ फागुन, काठमाडौं । अबको ५ दिनमा पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ, तर त्यहाँ कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख विपक्षी नेपाली कांग्रेस अझै अनिर्णित छ । प्रतिनिधिसभा वैठकमा पार्टीको भूमिकाबारे तत्काल निर्णय लिन नेतृत्वमाथि दबाव छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि १३ फागुनमा बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको वैठकले नेपाल कम्युनिष्ट पार्टी […]

प्रधानमन्त्री ओलीबाट नैतिकताको अपेक्षा गर्ने कि नगर्ने ?

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको चार दिनपछि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना भयो, राम्रै भयो । जब तपाईंहरूले मुद्दा लडेर संसद फिर्ता गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुस् ।’ १६ फागुनमा झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा निर्मित औद्योगिक पार्कको शिलन्यास […]

न्यायालयलाई धन्यवाद, प्रधानमन्त्री तत्काल राजीनामा देऊ

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्याएको छ । अदालतको निर्णयका कारण संविधान लिकमा आएको छ । संवैधानिक संकट टरेको छ र देश अँध्यारो सुरुङमा फस्नबाट जोगिएको छ । संवैधानिक इजलासका न्यायाधीशहरुको सहासिक निर्णयका कारण अदालतमाथिको जनआस्था उचो भएको छ । देशैभरि खुशीयाली/दीपावली सुरु भएको छ । संविधानको बर्खिलाप गरेर शासन चलाइरहेका ओलीको […]

सर्वोच्च अदालत परिसरमा बितेका पाँच घण्टा !

११ फागुन, काठमाडौं । मंगलबार बिहान साढे १० बजेतिर सर्वोच्च अदालत पुग्दा साविकका दिनहरुमा भन्दा अलि बढ्ता भीड देखियो । कानुन व्यवसायीहरु सर्वोच्च परिसरमा झुण्ड–झुण्डमा कुराकानी गरिरहेका थिए । सुरक्षाकर्मीको उपस्थिति केही बाक्लो थियो । कानुन व्यवसायीहरुको कुराकानी नियाल्दा एउटा समानता भेटियो – आज प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला आउँछ । तर, के फैसला आउँछ […]

संसद विघटन गर्ने निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन परमादेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिभा (संसद) विघटन गर्ने पुस ५ को निर्णय बदर गरेको छ । र, पुनर्स्थापित संसदको बैठक १३ दिनभित्रै बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको फैसला सुनाएको हो । ‘प्रतिनिधिसभाको […]

प्रधानन्यायाधीश चोलेन्द्रले चिरेको आशंका

११ फागुन, काठमाडौं । दुई महिनासम्म अनेक आशा र आशंकाका बीच सर्वोच्च अदालतले संसद विघटनलाई असंवैधानिक घोषणा गरेपछि धेरैले न्यायपालिका अझै पनि स्वतन्त्र र सक्षम रहेको प्रमाणित भएको टिप्पणी गरेका छन् । नयाँ संविधानमा संसद विघटनको सहज व्यवस्था नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद पुनर्स्थापना हुने कि नहुने भन्ने विषय न्यायपालिकाको […]

प्रतिगमन पराजित भएको भन्दै मनाइयो खुशीयाली

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै राजधानीमा खुशीयाली मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् । माइतीघरमा भेला भएका युवाहरुले मैनबत्ती बालेर नेपालको झण्डा फहराउँदै खुशी व्यक्त गरेका छन् । मंगलबार अदालतले दिएको आदेशमा १३ दिनभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ […]

नीरोलाई सम्झाउने ओलीको प्रस्तुति, सर्वोच्चको फैसलाले बिथोलेन बालुवाटारको पार्टी !

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो ७० औं बर्थ डे विभिन्न चरणमा मनाए । बर्थ डे मनाउन ओलीले आफ्ना पिता मोहनप्रसादलाई समेत झिकाएका थिए । परिवार र सचिवालयका सदस्यहरुसँग विहान बर्थ डे मनाएका ओलीले साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । राजधानी उपत्यका बाहिर रहेका बाहेकका मन्त्रीहरू सहित ओली निकट नेताहरु पनि बालुवाटार पुगेका […]

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो । आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । गत ५ पुसमा प्रधानमन्त्री […]

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले हटाउँछ : मिनेन्द्र रिजाल

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेको थियो । र, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ । अनलाइनखबरसँग कांग्रेस नेता रिजालले भने, सुरुदेखि नै मैले संसद विघटनलाई असंवैधानिक भनेको थिएँ […]

संसद विघटन मुद्दामा प्रधानन्यायाधीशले पढ्न थाले फैसला

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् । संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो । अपडेटः  सर्वोच्च अदालतले […]

संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा, रिट निवेदकलाई बोलाइयो

११ फागुन, काठमाडौं । संसद विघटनको मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार साढे ५ बजेसम्म इजलास चलिरहेको छ । इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ । इजलासमा सुनुवाइ भइरहँदा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ । […]

प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने मुलुकमा अस्थिरता आउने दाबी गरेका छन् । मंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा रहेको बताए । यदि संसद पुनर्स्थापना भयो भने प्रचण्ड र […]

संसद विघटनविरुद्ध प्रदर्शन

११ फागुन, काठमाडौं । आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ (अनेमसंघ), मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् । काठमाडौंमा भएको प्रदर्शनमा सहभागीहरुले विघटिन प्रतिनिधिसभा पुनस्र्थापित गर, पार्टी एकता जिन्दवाद, प्रतिगमन मुर्दावाद, फुटपरस्त मुर्दावाद लगायतका नारा लगाएका थिए ।

सर्वोच्चले सही फैसला गर्छ : प्रचण्ड

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ […]

संसद विघटन र सेटिङ : भ्रम र यथार्थ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तत्कालीन अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालको संविधान विपरीत २०७७ पौष ५ गते अचानक संघीय संसदको प्रतिनिधि सभा विघटन गरिदिए । यतिबेला नेपालको संविधान पढ्न जान्ने वा त्यसबारे सामान्य ज्ञान भएका प्रत्येक नेपालीले यो कदमलाई असंवैधानिक, प्रतिगामी तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने जनविरोधी कदम भनेका छन् […]

संसद विघटन : मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा

११ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धमा सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस क्युरी (अदालतको सहयोगी) वकिलहरुको बहस नोट पेस गर्न सोमबारसम्मको समय सीमा दिइएको थियो । सर्वोच्चले अब संसद […]

‘देउवा र पौडेल मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् । ५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ । तर सभापति देउवा चुनावको पक्षमा देखिएका […]

सर्वोच्चले संविधान हेरेर फैसला गरोस् : पन्त

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाल दलित मुक्ति संगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पन्तले सर्वोच्चले संविधान हेरेर फैसला गर्ने विश्वास व्यक्त गरे । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत […]