+
+
Shares

पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

महासंघका अनुसार जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरूद्धको माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर मुलुकले प्राप्त गरेको थियो । ‘तर राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ,’ महासंघले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको विरोध जनाएको छ।
  • महासंघका महासचिव रामप्रसाद दाहालले 'अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ' भनेका छन्।
  • महासंघले यस कदमलाई लोकतन्त्रका लागि अनिष्टको संकेत र संविधान तथा नागरिक सर्वोच्चता विपरीत ठहर गर्दै सबै पक्षलाई संविधान र उपलब्धि रक्षार्थ अगाडि बढ्न आह्वान गरेको छ।

२८ भदौ, काठमाडौं। नेपाल पत्रकार महासंघले संविधानको प्रावधान विपरीत राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको भन्दै विरोध जनाएको छ। यसबाट जनमतको अपमान भएको महासंघको ठहर छ ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’

महासंघका अनुसार जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरूद्धको माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर मुलुकले प्राप्त गरेको थियो । ‘तर राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ,’ महासंघले भनेको छ ।

यसलाई महासंघले अनिष्टको संकेत भनेको छ । ‘महासंघ संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिता जस्ता उपलब्धिमा आघात पुग्ने आशंका गर्दै महासंघले वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गरेको छ ।

हेर्नुहोस् महासंघको विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?