+
+
Shares

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै एमाले पुग्यो सर्वोच्च

नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ता हुन भने बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छ।
  • विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएको बताएका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले सिफारिसमा प्रतिनिधिसभा भंग गरेका थिए र एमालेले त्यसलाई असंवैधानिक भनेको छ।

 ९ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ता हुन भने बाँकी छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएका छौं,’ बर्तौलाले भने ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानि बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?