Comments Add Comment

सांसद विकास कोष

List Grid
सांसद विकास कोषको रकम कोरोनामा लगाउने तयारी

२२ भदौ, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो । हालको नियमावली प्राथमिकीकरणको […]

‘सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाउन तयार’

११ भदौ, काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित संघीय सांसदहरु, सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को रकमबाट कोभिड अस्पताल बनाउन तयार भएका छन् । तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुगिने नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन् । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण र रोकथाम तथा […]

सांसदलाई अधिकार – जिम्मेवारी विधायिकी, भूमिका कार्यकारी !

५ असार, काठमाडौं । सांसद विकास कोषका नाममा बजेट दिँदा विधि निर्माण प्रभावित भइरहेका बेला अझ अगाडि बढेर कार्यकारी निर्णयलाई प्रभावित तुल्याउन सक्नेगरी सांसदहरूलाई भूमिका दिइने भएको छ । विधायिकी जिम्मेवारीमा रहेका सांसदहरूलाई कार्यकारी अधिकारमा समेत भूमिका दिने कानुनी व्यवस्थासहितको तीन तहको अन्तर्सम्बन्धसम्बन्धी विधेयक (संघ, प्रदेश र स्थानीय तहको अन्तर्सम्बन्ध व्यवस्थापन) प्रतिवेदन बिहीबार प्रतिनिधि सभामा […]

साझा पार्टीको माग– सांसद विकास कोषको रकमले कोरोना किट किनौं

२० जेठ, बुटवल । सांसद विकास कोषका नाममा सांसदहरुलाई बाँडिने रकमले कोरोना परीक्षण किट खरिद गर्न साझा पार्टी प्रदेश ५ समितिले माग गरेको छ । प्रदेश ५ मा कोरोना संक्रमणको दर देशभरमै उच्च रहेको र अझै थपिने अवस्था रहेकाले परीक्षणको दायरा बढाउनका लागि कोषको रकम किट खरिदमा खर्च गर्न साझा पार्टीले माग गरेको हो । […]

नेकपा प्रवक्ताको प्रश्न– प्रधानमन्त्रीलाई नै मन नपरेको सांसद विकास कोष किन खारेज भएन ?

१८ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) खारेज नहुनु दुःखद् भएको भन्दै त्यसको विरोध गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै कम्तीमा कोभिड-१९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने उनको भनाइ छ । श्रेष्ठले भने, ‘प्रधानमन्त्री र […]

सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड

१५ जेठ, काठमाडौं । ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका […]

औचित्यहीन सांसद विकास कोष

महामारीका कारण विश्व अर्थतन्त्र नै शिथिल बनिरहेको छ । नेपालमा पनि बजेटको पूर्वसन्ध्यामा अनावश्यक खर्च कटौती र राहत प्याकेजको आवाज उठिरहेको छ । अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रुप दिँदैगर्दा सधैं विवादमा रहने गरेको सांसद क्षेत्र विकास कार्यक्रम (स्थानीय पूर्वाधार विकास कार्यक्रम) खारेज गर्नुपर्ने सुझाव प्रमुख आइरहेको छ । प्रतिपक्षी दल, विज्ञ, सरोकारवाला तथा सत्तारुढ दलकै […]

सांसद विकास कोषलाई कृषि विकासमा लगाऔं

गतवर्ष सांसद विकास कोषको औचित्यमाथि सर्वत्र प्रश्न उठे पनि सरकारले यसलाई निरन्तरता दियो । आगामी वर्षको बजेट बनिरहेको बेला अहिले सांसद विकास कोषको कतै चर्चा छैन । यसको एक मात्र कारण नोवेल कोरोना भाइरस (कोभिड-१९) संकट हो । जसले जसरी बुझे पनि खासमा सांसद विकास कोष निर्वाचन क्षेत्रको सर्वाङ्गीण विकासका लागि हो । यो कोषमा […]

सामान्य सांसदहरूको क्षेत्रमा बेहाल छ : बाबुराम भट्टराई

२३ वैशाख, काठमाडौं । देशमा बिस्तारै आगामी वर्षको बजेटसम्बन्धी बहस तातिन थालेको छ । सांसद विकास कोषलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पनि बहस सुरु भएको छ । र, यो बहसमा पूर्वप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई पनि सामेल छन् । अर्थ समितिको छलफलमा पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा भाग लिँदै डा. भट्टराईले बजेटको आकार घटाउनुभन्दा ऋण […]

पछि हटे गण्डकीका मुख्यमन्त्री, सांसद विकास कोष ल्याउने घोषणा

८ वैशाख, पोखरा । गत वर्षको वैशाखमा गण्डकी प्रदेश सरकारले बाँकी अवधिको बजेट पेश गर्दा सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याउन आवाज उठाए । जनतासम्म पुग्ने कार्यक्रम नहुँदा अलोकप्रिय र अर्को पटक चुनावै हारिने डर सांसदको थियो । त्यतिबेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङले जवाफ दिएका थिए, ‘सांसदले पैसा बाँड्ने होइन, नीति, नियम, विधेयक बनाउने […]

पछि हटे गण्डकीका मुख्यमन्त्री, सांसद विकास कोष ल्याउने घोषणा

८ वैशाख, पोखरा । गत वर्षको वैशाखमा गण्डकी प्रदेश सरकारले बाँकी अवधिको बजेट पेश गर्दा सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याउन आवाज उठाए । जनतासम्म पुग्ने कार्यक्रम नहुँदा अलोकप्रिय र अर्को पटक चुनावै हारिने डर सांसदको थियो । त्यतिबेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङले जवाफ दिएका थिए, ‘सांसदले पैसा बाँड्ने होइन, नीति, नियम, विधेयक बनाउने […]