Comments Add Comment

साउदी अरेबिया

List Grid
के ९-११ आक्रमणमा साउदी अरेबिया पनि सामेल थियो ?

२७ भदौ, काठमाडौं । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणको अनुसन्धान गर्ने सरकारी एजेन्सी एफबीआईले यो आक्रमणबारे एक दस्तावेज सार्वजनिक गरेको छ । उक्त दस्तावेजमा साउदी अरेबियाको सरकार र आक्रमणकारीबीचको सम्बन्धबारे गरिएको अनुसन्धान पनि सामेल छ । सेप्टेम्बर ११ को आक्रमणमा मारिएका मानिसका आफन्तले अमेरिकी राष्ट्रपति जो बाइडनसँग यो दस्तावेज सार्वजनिक गर्न […]

साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

१५ भदौ, काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन् भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको छ । साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्रमण गरिएको हो । अल अरेबिया […]

साउदी अरेबियाले १८ महिनापछि सीमा खोल्दै

१५ साउन, काठमाडौं । साउदी अरेबियाले १८ महिनापछि आफ्नो सीमा पर्यटकहरुका लागि खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि साउदी अरेबियाले विभिन्न प्रतिबन्ध लगाएको थियो । त्यसमध्ये सीमा बन्द पनि एक रहेको थियो । महामारी शुरु हुनुभन्दा एक दिनअघि मात्र साउदी अरेबियाले पर्यटकहरुलाई इलेक्ट्रोनिक भिसा जारी गरेको थियो । साउदीले पर्यटकहरुलाई मुलुकमा […]

इदको पूर्वसन्ध्यामा साउदी अरेबियाले रिहा गर्‍यो ६३ पाकिस्तानी कैदी

६ साउन, काठमाडौं । साउदी अरेबियाको सरकारले इदको पूर्वसन्ध्यामा ६३ पाकिस्तानी कैदीलाई रिहा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार फरक-फरक मुद्दामा साउदी अरेबियाको जेलमा रहेका उनीहरुलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रहमा रिहा गरिएको हो । पाकिस्तानको विदेश मन्त्रालयले साउदी अरेबियामा रिहा भएका उनीहरुलाई स्वदेश ल्याएको छ । मंगलबार दिउँसो उनीहरु पाकिस्तान आइपुगेका हुन् । […]

विदेशी नागरिकलाई यसवर्ष पनि हजयात्रामा प्रतिबन्ध

३० जेठ, काठमाडौं । यस वर्ष पनि हज यात्रामा विदेशी नागरिकले अनुमति नपाउने भएका छन् । साउदी अरेबियाले लगातार दोस्रो वर्ष विदेशी नागरिकलाई हजयात्राको लागि विदेशी नागरिकलाई अनुमति नदिने भएको हो । साउदी अरेबियाले आफ्नो मुलुकका ६० हजार मानिसलाई मात्र यस वर्षको हजयात्राको लागि अनुमति दिने निर्णय गरेको हो । शनिबार साउदीको सरकारले हजयात्रामा सहभागी […]

साउदी गठबन्धनद्वारा विद्रोही हुथी समूह लक्षित हवाई आक्रमण

८ चैत, काठमाडौं । साउदी अरेबिया नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आइतबार बिहानै यमनको राजधानी सानामा हुथी विद्रोहीलाई लक्षित गरी आक्रमण भएको स्थानीय मानिसहरुले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । शुक्रबार साउदी अरेबियाको तेल रिफाइनरी केन्द्रमा भएको ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिएको थियो । उक्त आक्रमणपछि […]

साउदीमा करार सकिएपछि अनुमतिविना रोजगारदाता फेर्न र देश छोड्न पाइने

१ चैत, काठमाडौं । साउदी अरेबियाले आइतबारबाट पनि ‘श्रम सम्बन्धी सुधार पहल’ कार्यक्रमको कार्यान्वयन थालेको छ । आइतबारबाट साउदीमा विदेशी श्रमिकका लागि लगाउँदै आएको विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु हट्न सुरु भएको छ । साउदी सरकारले अब करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन तथा रोजगारदाताको अनुमति विना नै देश छोड्ने भिसा (एक्जिट भिसा) अनुमति दिने बताएको छ । श्रमिकलाई […]

साउदी अरेबियाले खोल्यो सीमा नाका

९ भदौ, काठमाडौं । साउदी अरेबियाले मुलुकको सीमा नाका खोल्ने निर्णय गरेको छ । सोमबार साउदी अरेबियाले आफ्ना नागरिक र गैर साउदी नागरिकाका लागि सीमा नाका खोल्ने तयारी भइरहेको बताएको हो । सरकारले जारी गरेको सूचनामा  अब मानिसहरु साउदी अरब प्रवेश गर्न सक्ने जनाइएको छ । साउदीको पासपोर्ट निर्देशनालयले अब गैर–साउदी नागरिकका लागि पनि प्रवेशको […]

अनुमतिविना मक्का जानेमाथि १० हजार साउदी रियाल जरीवाना

१० असार, काठमाडौं । साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको छ । साउदी अरेबियाले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हजयात्राको लागि मक्का आउने मानिसको संख्या सीमित पारेको छ । साउदी अरेबियाको […]

हिमालयले स्थगित गर्‍यो साउदीको पहिलो ‘उद्धार’ उडान

३२ जेठ, काठमाडौं । हिमालय एयरलाइन्समार्फत साउदी अरबको दमामबाट सोमबार हुने चार्टर्ड उडान स्थगित भएको छ । साउदीस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि उडान स्थगित भएको हो । के कारणले उडान स्थगित भएको हो भन्नेबारे खुलाइएको छैन । दूतावासले यो निर्णयबाट स्वदेश फर्कने तयारीमा रहेका नेपालीमा पर्न गएको असुविधाप्रति नेपाली दुःख […]

मक्काबाहेक साउदी अरेबियाको लकडाउन खुकुलो

१३ जेठ, काठमाडौं । साउदी अरेबियाले बिहीबारदेखि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काबाहेक पूरा मुलुकमा लगाइएको कर्फ्यु हटाउने तयारी भीरहेको छ । यद्यपि मक्कामा २१ जुनदेखि कर्फ्यु  हटाउने निर्णय लागू हुनेछ । ३१ मेपछि आन्तरिक उडान र स्वतन्त्र गतिविधिमा लगाइएको रोक रोक हटाइनेछ तर अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध भने […]

आप्रवासी कामदारलाई साउदी यूवराजको प्रोत्साहन

साउदी अरेबियाका युवराज मुहम्मद बिन सलामले देशका विकास परियोजनाहरुका लागि भविष्यमा अझै धेरै संख्यामा आप्रवासी कामदारहरु आवश्यक रहेको बताएका छन् । टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उनले विदेशी कामदारहरुले देश विकासमा पुर्‍याएको योगदानको सह्राहना गरे । कुराकानीका क्रममा युवराज बिन सलामले साउदी अरेबियामा १ करोडभन्दा बढि विदेशीहरु रहेको जानकारी दिए जसमा आप्रवासी कामदारका परिवारजनसमेत पर्छन् । ‘भविष्यमा […]

साउदीमा अवैध नेपालीका लागि आममाफीः थाहा पाउनैपर्ने १० कुरा

१२ चैत, काठमाडौं । साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी (इलिगल) रुपमा रहेका विदेशी कामदारलाई आममाफी दिँदैछ । तर, यो सुविधा कसरी लिने भन्नेमा साउदीमा रहेका नेपाली अवैध कामदार अन्योलमा छन् । साउदीले विना सजाय र जरिवाना आफ्नो देश फर्कन ९० दिनको समयसीमा दिँदैछ । सो समयभित्र देश नछोड्ने अवैध आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने […]

खाडी संकटको असर नेपालसम्मै, रोजगारीमा गएका नेपाली बिचल्लीमा

९ भदौ, काठमाडौं । कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ । ठूला कम्पनीले कामदार कटौती गर्न थालेपछि वैदेशिक रोजगारमा गएका नेपाली बिचल्लीमा परेका छन् । संकट गहिरिएपछि साउदी अरेबियाले विदेशी कामदार भित्र्याउन थप कडाइको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । गत वर्ष नेपालबाट […]

सात नेपालीः जो साउदीका जेलमा ब्लडमनी कुरिरहेका छन्

२७ साउन, काठमाडौं । केही कमाएर परिवारलाई सुख दिने सपना बोकेर साउदी पुगेका सुरेश मण्डल अहिले साउदीको अलहासास्थित जेलमा छन् । उनी त्यहाँ जेल परेको ६ वर्ष ६ महिना भइसक्यो । उनीसँग त्यहाँ ६ लाख ८० हजार रुपैयाँ ‘ब्लडमनी’ माग गरिएको छ । तर, उनी ६ लाख रुपैयाँ रकम बुझाउन नसकेपछि जेलमै बस्न बाध्य छन् […]

साउदीमा नेपाली कामदारको न्युनतम तलव ११ सय रियाल पुग्ने

११ जेठ, काठमाडौं । सरकारले साउदी अरेबियासँग नेपाली कामदार लैजानेबारे छुट्टै समझदारी (एमओयु) गर्ने भएको छ । यसको अन्तिम मस्यौदा तयार गरेेर सुझावका लागि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्रले आवश्यक सुझाव दिनासाथ नेपाल र साउदीको श्रममन्त्री तहमा एमओयुमा हस्ताक्षर हुनेछ । मस्यौदामा नेपाली कामदारले साउदीमा न्युनतम ११ सय रियाल तलव […]