News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरेबियाले इराकसँग गोलरहित बराबरी खेल्दै लगातार तेस्रो पटक फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ।
- साउदीले अधिकांश समय बल नियन्त्रणमा राख्दै गोल गर्ने अवसरहरू सदुपयोग गर्न सकेन।
- इराकले दोस्रो हाफको इन्ज्युरी समयमा मात्र गोल प्रयास गर्दा साउदी गोलकिपर नवाफ अलाकिदीले ती प्रयास रोक्न सफल भए।
२९ असोज, काठमाडौं । साउदी अरेबियाले इराकसँग गोलरहित बराबरी खेल्दा पनि लगातार तेस्रो पटक फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ।
जेदाह मैदानमा अधिकांश समय बल नियन्त्रणमा बिताएको साउदीले गोल गर्ने अवसरहरू सदुपयोग गर्न सकेन।
इराकले दोस्रो हाफको इन्ज्युरी समयमा मात्र गोलको प्रयास गर्न सकेको थियो, तर साउदी गोलकिपर नवाफ अलाकिदीले ती प्रयासलाई रोक्न सफल भए।
२०२२ मा कतारमा अर्जेन्टिनालाई हराउँदै विश्वलाई चकित पारेको साउदी अरेबियाले यसपटक अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
साउदी अरेबियाले सन् १९९४ मा भएको विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो जुन् अहिलेसम्मकै उच्च सफलता हो।
प्रतिक्रिया 4