+
+
Shares

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

राजदूत मनिकरले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:१६

१८ चैत, काठमाडौं । नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गरेका छन् । राजदूत मनिकरले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले महामहिम राजदूतलाई नेपालमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको उनले बताए ।

यस्तै उपराष्ट्रपति यादवले नेपाली कामदारका लागि साउदी अरब प्रमुख गन्तव्य रहेको औँल्याउँदै उनीनहरूको हकहितको संरक्षणमा साउदी सरकारको सहयोगप्रति  विश्वास व्यक्त गरे ।

यस्तै उनले नेपालको पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि क्षेत्रमा साउदी अरेबियासहित मित्रराष्ट्रहरूको लगानी र सहयोगको अपेक्षा व्यक्त गरे ।

यस्तै उनले पश्चिम एसियामा विकसित द्वन्द्वका घटनाप्रति गम्भिर चासो राखेका थिए । महामहिम राजदूत फाहद

भेटमा राजदूत मनिकरले नेपालको विकासमा साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?