+
+
Shares

कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ।
  • कुवेतस्थित नेपाली राजदूतावासले स्थलमार्ग हुँदै साउदी पठाउने व्यवस्था मिलाएको छ।
  • कुवेत र कतारको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीलाई साउदी भिसा लिएर स्थलमार्गबाट पठाउने प्रक्रिया जारी छ।

८ चैत, काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो ।

हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ ।

साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरी यात्रुहरूलाई गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको हो ।

यसअघि पनि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियादस्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थलमार्ग हुँदै पठाइएको थियो ।

कुवेत र कतार दुवै देशको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई पहिलो चरणमा स्थलमार्गबाट साउदी पुर्‍याउने र त्यसपछि हवाई मार्गबाट अन्तिम गन्तव्यमा पठाउने प्रक्रिया जारी छ ।

यस प्रयोजनका लागि कुवेत र कतारमा रहेका नेपालीहरूलाई ट्रान्जिटका लागि साउदी भिसा लिन आग्रह गरिएको थियो । सोही अनुसार प्रभावित यात्रुहरूले अनलाइनमार्फत भिसा आवेदन दिएका थिए र भिसा प्राप्त गरेपछि दूतावासको सहजिकरणमा उनीहरूलाई साउदी पठाउने काम भइरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?