+
+
Shares

बहराइन, यूएई र कुवेतले गरे नयाँ मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ८:३९

९ चैत, काठमाडौं । मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् ।

बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् ।

बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेका छौं ।’

गृह मन्त्रालयले नागरिकलाई आधिकारिक माध्यममा पाइने सूचनाको पालना गर्न पनि भनेको छ ।

यस्तै संयुक्त अरब इमिरेट (यूएई) को रक्षा मन्त्रालयले केही समय अघि देशको एयर डिफेन्स सिस्टम इरानबाट आइरहेका मिसाइल र ड्रोनको खतरालाई जवाफ दिइरहेको छ ।

रक्षा मन्त्रालयले अहिले आइरहेको आवाज मिसाइल र ड्रोनहरू रोक्न खोजेका कारण आइरहेको दाबी पनि गरेको छ ।

त्यस्तै कुवेतको सेनाले पनि केही समय अघि देशको एयर डिफेन्स अहिले सत्रुको मिसाइल र ड्रोन हमलाको सामना गरिरहेको छ ।

सेनाका जनरल स्टाफले विष्फोटको आवाज एयर डिफेन्स सिस्टमबाट सत्रुको आक्रमण रोक्नुको कारणले आइरहेको बताएको छ ।

कुवेत सेनाले नागरिकसँग सम्बन्धित अधिकारीका तर्फबट जारी गरिएको सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?