+
+
Shares
मध्यपूर्व तनाव :

सजग र हवाई उडानबारे नियमित जानकार रहन नेपाली दूतावास कुवेतको अनुरोध

दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न तेस्रो पटक अनुरोध गरेको छ।
  • कुवेत सरकारले भिजिट भिसावाहकको भिसा एक महिनाका लागि थप गरेको र सिभिल आईडी सम्बन्धी अवधि ३ महिना थप गरेको दूतावासले जनाएको छ।
  • कुवेतमा रहेका नेपालीलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परे दूतावासले नियमित खुला रहेको समेत जानकारी दिएको छ।

२५ फागुन, काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूबाट जारी गरिएको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो ।

कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक ट्राभल एजेन्सीसँग सम्पर्क गरिराख्न समेत अनुरोध गरेको छ ।

कुवेत सरकारले त्यहाँ रहेका भिजिट भिसावाहक सबैको भिसा एक महिनाका लागि थप गरेको, कुवेत बाहिर रहेका कुवेतको सिभिल आईडीवाहकका हकमा विगतको कम्पनीमा काम गर्नेहरूका हकमा ६ महिना र घरेलु कामदारका हकमा ४ महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी रद्द हुने व्यवस्था परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा ३ महिना थप गरेको दूतावासले जनाएको छ ।

थप गरेको अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको र यसबाहेक अन्य सबै भिसावाहकका हकमा भिसा अवधि समाप्त हुनुअघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिसा अवधि नवीकरण गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

कुवेतमा रहेका नेपालीलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली दूतावास नियमित खुला रहेको समेत दूतावासले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?