+
+
Shares

कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल

अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा आफ्नो वरपरको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २१:२४

१६ फागुन, काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै कुवेत र इराकमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राजदूतावासले शनिबार जारी गरेको सूचनामा कुवेत र इराक सरकारले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन तथा सूचनाहरूको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा आफ्नो वरपरको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ ।

हाल कुवेतको हवाई क्षेत्र बन्द रहेको उल्लेख गर्दै कुवेतबाट बाहिरिने वा कुवेत आउने यात्रुहरूले सम्बन्धित वायु सेवा प्रदायकसँग सम्पर्क गरी आफ्नो उडान अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरिएको छ ।

त्यस्तै, स्थानीय समाचार, सुरक्षा अलर्ट तथा सरकारी आधिकारिक निर्देशनहरूमा अद्यावधिक रहन र आफू कार्यरत कम्पनीका निर्देशनहरू पालना गर्न पनि राजदूतावासले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?