+
+
Shares

विश्वभर रहेका आफ्ना नागरिकलाई अमेरिकाको यस्तो चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १०:३१

९ चैत, काठमाडौं । मध्यपूर्वमा चलिरहेको तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ चेतावनी जारी गरेको छ।

सामाजिक सञ्जाल एक्समा विदेश मन्त्रालयले अपिल गर्दै भनेको छ, ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका हाम्रा नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’

यसमा भनिएको छ, ‘समय-समयमा हवाई मार्ग बन्द हुँदा उनीहरूको यात्रामा अवरोध आउन सक्छ। मध्यपूर्व बाहिर पनि अमेरिकी कूटनीतिक नियोगहरूलाई निशाना बनाइएको छ।’

विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘इरानलाई समर्थन गर्ने समूहहरूले विदेशमा अमेरिका र यसका नागरिकहरूसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्छन्।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?