२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले कुवेतका आफ्ना समकक्षी शेख जर्राह जाबेर अल–अहमद अल–सबाहसँग टेलिफोन संवाद गरेका छन् ।
सोमबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रायलयले जानकारी गराएको छ ।
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे उनीहरूबीच संवाद भएको जनाइएको छ ।
संवादका क्रममा परराष्ट्रमन्त्री शर्माले कुवेत सरकारले विशेषगरी नेपाली समुदायको सुरक्षा सुनिश्चित गर्न गरेको प्रयासको प्रशंसा गरेका थिए ।
वर्ताका क्रममा कुवेती विदेशमन्त्री अल–सबाहले जारी युद्धले अन्तर्राष्ट्रिय क्षेत्रीय कानुन तथा संयुक्त राष्ट्रसंघको मानवीय कानुनको उल्लंघन गरेको टिप्पणी गरे ।
उनले आफ्नो सरकारले कुवेतमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि दोहोर्याए ।
साथै, क्षेत्रीय तनाव संवादमार्फत शान्तिपूर्ण ढंगले समाधान हुने आशा व्यक्त उनले गरेका छन् ।
संवादका क्रममा दुवै पक्षले संयमता अपनाउने, संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिने आवश्यकतामा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4