+
+
Shares

होर्मुज नाकाबन्दी : ट्रम्पको धम्कीपछि चीनले के भन्यो ?

‘यसले क्षेत्रीय र वैश्विक शान्तिलाई नोक्सान पुर्‍याएको छ । फेरि पनि चीन सबै पक्षसँग अपिल गर्दछ-तुरुन्त सैन्य कारबाही बन्द गर्नुस्,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते २१:४८

२ चैत, काठमाडौं । इरानले होर्मुज समुन्द्री नाकामा लगाएको नाकाबन्दी खुलाउन पहल नगरे यसै महिना गर्ने भनिएको चीन भ्रमण नगर्ने डोनाल्ड ट्रम्पको धम्कीबारे चिनियाँ पक्षले प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै फाइनानसियल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा चीनले होर्मुुज नाकाको सुरक्षामा मद्दत नगरे चिनियाँ राष्ट्रपतिसँग हुने बैठक नगर्ने धम्की दिएका थिए ।

जसको प्रतिक्रियामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले दुई देशका नेताबिच हुने बैठक महत्वपूर्ण रहेको बताएका छन् ।

‘दुई देशका नेताहरूबिच हुने भेटवार्ता जरुरी हुन्छ । यो चीन-अमेरिका सम्बन्धलाई नयाँ दिशा दिनेछ,’ उनले भने, ‘दुवै देशबिच राष्ट्रपति ट्रम्पको यात्रालाई लिएर कुराकानी भइरहेको छ ।’

प्रवक्ता जियानले मध्यपूर्वमा भइरहेको युद्धले व्यापारीक मार्गलाई बिगारेको प्रतिक्रिया दिए । ‘यसले क्षेत्रीय र वैश्विक शान्तिलाई नोक्सान पुर्‍याएको छ । फेरि पनि चीन सबै पक्षसँग अपिल गर्दछ-तुरुन्त सैन्य कारबाही बन्द गर्नुस्,’ उनले भने । चीन तनाव कम गर्नका लागि प्रतिबद्ध रहेको पनि उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?