+
+
Shares

नयाँ जनादेशले देशलाई समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरूलाई नेपालको सद्भावना दूतका रूपमा विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरिन्।
  • प्रधानमन्त्री कार्कीले नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन्।
  • उनले गैरआवासीय नेपालीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले गरेको उल्लेख गर्दै मातृभूमिप्रति योगदान गर्न आग्रह गरिन्।

२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरू नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छिन् ।

सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको पनि बताइन् ।

एकताको महाधिवेशन आयोजना गरेर नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा उनले एनआरएनएप्रति धन्यवाद व्यक्त गरिन् ।

‘गैरआवासीय नेपालीहरू वास्तवमा नेपालको  सद्भावना दुत हुनुहुन्छ । तपाइहरूसँग नेपालको पहिचानसँगै विश्वसामु कस्तो नेपाल प्रश्तुत गर्ने भन्ने कुरा तपाईहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ । तपाईहरू जहाँ बस्नुहुन्छ त्यहाँ नेपालको गौरव, संस्कृतिलाई प्रवर्द्धन गराइरहनुभएको छ । यसको लागि समेत म तपाइहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

विश्वमाझ नेपाल कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा गैरआवासीय नेपालीहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर रहने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जहाँ रहेपनि मातृभूमिप्रति योगदान गरिरहन समेत आह्वान गरिन् ।

‘नयाँ जनादेश र बदलिंदो परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ । यस्तो महत्वपूर्ण समयमा तपाईहरूदले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको साझा सन्देश प्रवाह गर्नुभएको छ । जसका लागि तपाईंहरू सबैलाई धन्यावाद दिन चाहान्छु,’ उनले भनेकी छिन् ।

उनले संघका नवनिर्वाचित संघका पदाधिकारीहरूप्रति बधाइ ज्ञापन गर्दै गैरआवासीय नागरिकको हक, हित र अधिकारका पहरेदारी गरिरहन समेत सुझाइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?