Comments Add Comment

सुवास नेम्वाङ

List Grid
सुवास नेम्वाङ भन्छन्– संसद् विघटनबारे सर्वोच्चको फैसला आएको भोलिपल्ट बोल्छु

२३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ मौन बसेको भन्दै आलोचना भइरहेको छ । अहिले उनको दुई वर्ष पुरानो अभिव्यक्ति भाइरल समेत बनेको छ । धुलिखेलमा त्यस बेला नेम्वाङले पत्रकारहरुसँग प्रधानमन्त्रीले चाहँदैमा यो संसद् विघटन नहुने अभिव्यक्ति दिएका थिए । अहिले पनि संसद् विघटनबारे बोल्न नेम्वाङलाई दबाव बढेको […]

प्रचण्डसँग नेम्वाङको प्रस्ताव : अध्यादेशबारे दुई अध्यक्ष कुरा गर्नुहोस्

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न जानुअघि नेम्वाङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुवै अध्यक्षसँग पार्टीको विवादबारे नै कुराकानी गरेको नेम्वाङले बताए । ‘प्रचण्डलाई भेट्न […]

प्रचण्डसँग नेम्वाङको आग्रह– प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं सकारात्मक हुनुपर्‍यो

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार विहानै खुमलटार पुगेका हुन् । भेटवार्तापछि नेम्वाङले प्रचण्डसँग एकता पार्टी जोगाउनेबारे कुराकानी भएको बताए । उनले भने, ‘पार्टी एकता कायमै राख्न प्रचण्ड कमरेड […]

नेम्वाङसँग प्रचण्डले भने : एकताको डोरी चुँडिएको छैन

५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको डोरी चुँडिनसकेको बताएका छन् । केन्द्रीय मुख्यालय धुम्बाराहीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा उनले पार्टी एकताको डोरी नचुँडिएको र आफू एकता जोगाउन तयार रहेको पनि बताए । नेम्वाङले पार्टी एकता जोगाउन पहल लिन प्रचण्डसँग आग्रह गरेका […]

प्रधानमन्त्रीसँग सल्लाह गरेरै सचिवालयको अनौपचारिक छलफल : सुवास नेम्वाङ

२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले खुमलटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । खुमलटारपछि बालुवाटार पुगेका नेम्वाङले दुई अध्यक्षबीच कुराकानी भएरै प्रचण्डले सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बोलाएको अनलाइनखबरलाई बताए । उनले भने, ‘प्रचण्ड कमरेडले आज सचिवालय सदस्यहरुको छलफल राख्नेबारे हिजै प्रधानमन्त्रीलाई जानकारी दिनुभएको […]

नेम्वाङको टेलिफोनपछि कर्णालीमा मन्त्रीको राजीनामा रोकियो

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेललाई थप कदम नचाल्न नेकपा नेता सुवास नेम्वाङले सुझाव दिएका छन् । पार्टीको प्रतिनिधिसभाका संसदीय दलका उपनेता नेम्वाङलाई मंगलबार बिहान कँडेलले टेलिफोन गरेर अब चाल्नुपर्ने प्रक्रियाबारे सुझाव मागेका थिए । तर, नेम्वाङले पार्टीका दुई अध्यक्ष छलफलमा जुटकाले प्रधानमन्त्रीको […]

प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता

२२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता हुन नसकिरहेका बेला प्रचण्डकै आग्रहमा नेम्वाङ खुमलटार पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा प्रचण्डले नेम्वाङसँग कुरा गर्न चाहेको बताएपछि बालुवाटारले पठाएको स्रोतले जनाएको छ । प्रचण्डसँग […]

ओलीको सन्देश बोकेर सुवास नेम्वाङ पुगे देउवा निवास

२१ असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् । देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद् बैठक र एमसीसीलगायतका विषयमा विपक्षीय दलको […]

कांग्रेसलाई उपसभामुख दिन नेकपाको कञ्जुस्याइँ, सुवास नेम्वाङ भन्छन्- साना दलमा पुरुष मात्र छन् !

२२ जेठ, काठमाडौं । ६ माघ २०७६ देखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त छ । यति लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन देखिएका छन् । संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले आफूमाथि यौन दुव्र्यवहार भएको आरोप लगाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोज २०७६ मा पदबाट राजीनामा दिएका थिए । त्यसपछि […]

नेम्वाङ नेतृत्वको संसदीय सुझाव अध्ययन समितिको समय थप

१४ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको समय थप भएको छ । नेम्वाङ नेतृत्वको समितिको कार्य अवधि सकिएको उल्लेख गर्दै बुधबार सभामुख अग्नि सापकोटाले कार्य अवधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ […]

सांसद अपहरणको यथार्थ छिट्टै आउँछ : सुवास नेम्वाङ

२६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सांसद अपहरण’को यथार्थ छिट्टै आउने बताएका छन् । शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले आफ्नो दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नहुने बताए । उनले भने, ‘यसमा भएको के हो ? संसदको यही अधिवेशनमा यथार्थ आउँछ […]

‘केपी ओलीलाई हटाउन खोजिए एकता भंग हुन्छ’

२५ वैशाख, काठमाडौं । पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटी सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटीकै एक प्रभावशाली सदस्य सुवास नेम्वाङ भने संसदीय दलको कार्यालयमा बसेर बैठकको औचित्य र आवश्यकता नरहेको बताउँदै थिए । नेकपा संसदीय दलका उपनेता नेम्वाङ प्रधानमन्त्री केपी ओलीको ‘किचन क्याबिनेट’का सदस्य मानिन्छन् । प्रायः हरेक दिन […]

ठोकेर भन्छु, नेकपा यसरी चल्दैन

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सोमबार बिहान ११ बजे माधवकुमार नेपालकहाँ पुगे । संविधान संशोधन कार्यदलका अर्का सदस्य खिमलाल देवकोटा पनि त्यहीँ थिए । माधव नेपाललाई भेटेर नेम्वाङ सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आइपुग्दा उनको च्याम्बरमा पत्रकारको भिडभाड थियो । एउटा टीभीलाई अन्तर्वार्ता दिइसकेपछि उनी त्यहाँबाट उम्किएर सभामुख अग्नि सापकोटाको च्याम्बरमा पुगे । सभामुखको […]

नेकपामा सभामुखको छलफल साँघुरिदै, नेम्वाङ र सापकोटामध्ये को ?

२६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने छलफल अब दुई जनामा साँघुरिएको छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित छ । स्थायी कमिटीको बैठकका कार्यसूची तय गर्न एक-दुई दिनभित्रै बस्ने सचिवालय बैठकमा सभामुख कसलाई बनाउने भन्नेबारे नेताहरुबीच छलफल हुनेछ […]

‘सभामुखबारे मलाई नबोल्ने आदेश छ’

२३ मंसिर, काठमाडौं । संविधानसभाका अध्यक्ष तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू पाँचाैंपटक सभामुख बन्न तयार रहेको संकेत गरेका छन् । कृष्णबहादुर महराले राजीनामा दिएलगत्तै सभामुखमा नाम चर्चामा आउँदा नेम्वाङले आफू पुनः सभामुख हुन इच्छुक नरहेको प्रतिक्रिया दिएका थिए । आफूले सो प्रतिक्रिया दिएपछि पार्टीका नेताहरुले सभामुख बन्ने […]

देउवालाई नेम्वाङको जवाफ-सिंहदरबारको गेटमा कुटाइ खाएको बिर्सेका छैनौं

२ असोज,काठमाडौं । संघीय संसदको अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको रोष्टममा उभिएर प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सत्तापक्षका उपेनता सुवास नेम्वाङबीच सवाल जवाफ भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिपक्षमाथि दमन गरेको कांग्रेस सभापति देउवाको आरोपलाई संसदको नेम्वाङले रोष्टमबाटै व्यंग्यात्मक जवाफ दिँदै बिगतमा कांग्रेसबाट आफूहरु दमनमा परेको स्मरण गराएका हुन् । […]

‘ज्ञानेन्द्र र विप्लव पनि यही संविधानमा अटाउँछन्’

हामीले धेरै ठूलो अवरोध र छिमेकीको नाकाबन्दीका बीच ०७२ असोज ३ गते संविधान जारी गरेका थियौं । संविधानसभाको अध्यक्ष हुनुको नाताले मैले धेरैखाले धम्कीहरु व्यहोर्नुपरे पनि इतिहासले सुम्पिएको दायित्व निर्वाह गर्न सकेकोमा अहिले पनि गर्व छ । संसारका कुनै पनि संविधान पूर्ण र शतप्रतिशत स्वीकार्य हुँदैनन् । हामीले संविधान जारी गर्दा केही असन्तुष्टि र बिरोध […]

सुवास नेम्वाङको स्पष्टीकरण : धर्मनिरपेक्षता मैले घुसाएको होइन

११ वैशाख, काठमाडौं । २०६२/६३ को जनआन्दोलनपछि हुर्किएको नयाँ पुस्ताको दिमागमा सभामुख भनेकै सुवास नेम्वाङ र सुवास नेम्वाङ भनेकै सभामुख भन्ने छाप परेको छ । नेम्वाङपछि दुई वर्षको बीचमा दुईजना सभामुख फेरिँदा पनि १० वर्षसम्म लगातार चार पटक सभामुख र संविधानसभा अध्यक्ष बनेका नेम्वाङलाई अहिले पनि नयाँ पुस्ताले सभामुखकै रुपमा बुझ्छन् । सुवास नेम्वाङ सभाभुख […]

राजतन्त्रको पखेटा काट्दा सेनाले संसद घेर्ने धम्की !

११ वैशाख, काठमाडौं । २०६२/६३ को जनआन्दोलनपछि हुर्किएको नयाँ पुस्ताको दिमागमा सभामुख भनेकै सुवास नेम्वाङ र सुवास नेम्वाङ भनेकै सभामुख भन्ने छाप परेको छ । नेम्वाङपछि दुई वर्षको बीचमा दुईजना सभामुख फेरिँदा पनि १० वर्षसम्म लगातार चार पटक सभामुख र संविधानसभा अध्यक्ष बनेका नेम्वाङलाई अहिले पनि नयाँ पुस्ताले सभामुखकै रुपमा बुझ्छन् । सुवास नेम्वाङ सभाभुख […]

एमाले नेता नेम्वाङ अस्पताल भर्ना

९ साउन, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । ‘मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई सोमबार बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको हो’, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो । आज बिहान ८ : ३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल […]

मधेसी मोर्चालाई नेम्वाङको चुनौती- ‘दम्भी’ एमालेलाई चुनावबाटै ठेगान लगाउनुस्

१ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्दोलनलाई चुनावसँग जोड्न मधेसी मोर्चालाई आग्रह गरेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेम्वाङले संविधान संशोधन विधेयकलाई थाती राखेर चुनावमा हामिनु र्पोमा जोड दिए । नेम्वाङले बोल्नु अघि मधेसी मोर्चाका नेताहरुले संसद बहिस्कार गरेका थिए । सद्भावना पार्टीका नेता लक्ष्मणलाल […]