Comments Add Comment

सुष्मा स्वराज

List Grid
इराकमा वेपत्ता भएका ३९ भारतीय अब जीवित छैनन् : स्वराज

६ चैत, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इराकमा २०१४ मा अपहरणमा परेका ३९ भारतीय मारिएको बताएकी छन् । उनीहरु चरमपन्थी संगठन आईएसको हातबाट मारिएका स्वराजको भनाइ छ । राज्यसभालाई सम्बोधन गर्दै स्वराजले मोसुलबाट वेपत्ता भएका ३९ भारतीय अब जीवित नरहेको बताएकी हुन् । उनीहरुको अवस्थाबारे अहिलेसम्म अनिश्चिता थियो । अपहरणमा परेका हरजीत मसीह मुसलमानले […]

सुष्मालाई भेटेपछि ओलीमा विचलनः मसाल

२१ फागुन, काठमाडौं । निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गरेको नेकपा मसालले नेकपा एमाले र माओवादी केन्द्र भारत परस्त भएको आरोप लगाएको छ । उसले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमा विचलन आएको दावीसमेत गरेको छ । मोहनविक्रम सिंह नेतृत्वको मसालको छैटौं राष्ट्रिय भेला फागुन पहिलो साता आयोजना भएको थियो । भेलाले […]

केन्याबाट भारतले उद्दार गरेका सात नेपाली चेली घर फर्कन मानेनन्

१३ फागुन, काठमाडौं । केन्याको डान्सबारमा छापा मार्दा आफ्ना नागरिकसँगै सात नेपाली पनि भेटिएपछि भारतले सबैको उद्दार गर्‍यो । तर, उद्दार गरिएका नेपाली चेलीहरु भने नेपाल फर्कन मानेनन् । २० पुसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘मानवबेचबिखनको जालोमा फसेका ७ नेपालीसहित ३ जना भारतीय महिलालाई केन्याबाट उद्दार गर्‍यौं’ भन्दै ट्वीट गरेकी थिइन् । लगत्तै परराष्ट्र मन्त्रालयका […]

स्वराजको भ्रमणले गलत परम्परा तोडियो : प्रदीप ज्ञवाली

२१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणबाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए । रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेपालमा सरकार बनाउन लागेको शक्तिसँग मिलेर काम गर्न तयार […]

सुष्मा स्वराजले ओलीलाई मोदीको सन्देश सुनाउनुभयो : राजन भट्टराई

१९ माघ, काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउन नेपाल आएको बताएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले अब बन्ने सरकारलाई भारतको सहयोग रहने सन्देश दिन स्वराज आएको बताएका हुन् । ‘हाम्रो अध्यक्षसहितको सामुहिक भेटवार्तामा उहाँले भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउनुभयो, आउने सरकारसँग अत्यन्तै […]

सुष्मा स्वराजको नेपाल भ्रमणको अर्थ

१९ माघ, काठमाडौं । कामचलाउ देउवा सरकार बिदा हुन लागेको र वामपन्थी गठबन्धनको नयाँ सरकार बन्न लागेको अवस्थामा अप्रत्यासितरुपमा भएको भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण नेपाली राजनीतिक क्षेत्रमा निकै चर्चा परिचर्चाको विषय भइरहेको छ । भ्रमण दलमा नाम चलेका भारतीय कुटनीतिज्ञ र विशेषज्ञ रहेबाट मात्र होइन, भ्रमणको क्रममा स्वराजको अभिव्यक्ति र व्यवहारबाट पनि यो भ्रमणको […]

बालुवाटारमा लञ्च मिटिङसँगै सकियो सुष्माको दौडधुप

१९ माघ, काठमाडौं । शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको यसपटकको नेपाल भ्रमण सकिएको छ । उनलाई प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका छन् । देउवासँगको भेटवार्ता र दिवाभोजपछि उनी शुक्रबार नै स्वदेश फर्किनेछिन् । बिहीबार अपरान्ह नेपाल आएकी उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता […]

प्रचण्ड र सुष्मा स्वराजबीच के-के भयो कुराकानी ?

१९ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी अध्यक्ष प्रचण्डसँग नयाँ सरकार गठनको तयारीबारे चासो राखेकी छन् । शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा स्वराजले नयाँ सरकार गठनबारे चासो राखेकी हुन् । भेटवार्ताबारे पत्रकारहरुलाई जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘नेपालको चुनावपछिको परिस्थितिको कुरामा र सरकार गठनको तयारीको बारेमा सकारात्मक र रचनात्मक कुराहरु भए […]

प्रचण्ड र सुष्मा स्वराजबीच भेटवार्ता

१९ माघ, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिएकी छन् । बिहीबार काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भइरहको बताइएको छ […]

बालकोटमा ओलीको ब्रिफिङ – सुष्मा स्वराज हाम्रै पाहुना हुन्

१८ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं विमानस्थलमा उत्रिँदै गर्दा केपी ओलीनिवास बालकोटमा वाम गठबन्धनका नेताहरुको बैठक चलिरहेको थियो । पार्टी एकताबारे छलफल गर्न बसेको दुई दलको पार्टी एकता संयोजन समितिको बैठकमा स्वराज किन आइन् भन्नेसम्मको चर्चा भएको नेताहरुले बताएका छन् । सो बैठकलगत्तै एमाले नेताहरु सोल्टी होटल लागेका छन्, जहाँ एमालेले भारतीय […]

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

१८ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज राखेको छ । त्यस अघि भेट भएको हो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । भारतीय विदेशमन्त्री बिहीबार अपराहृन काठमाडौं आएकी हुन् । उनले भोलि राष्ट्रपति, […]

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, पहिलो भेट एमाले नेताहरुसँग

१८ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन् । स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर आएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि स्वराजले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू नेपाल अाउनुकाे कुनै अवसर नभएकाे बताइन् । उनले भनिन्, ‘म कुनै एजेन्डा लिएर आएको होइन । यहाँका साथीहरुसँग भेटघाट गर्न आएको हुँ […]

भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त

३ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् । आइतबार दिउँसो ट्वीट गर्दै उनले मृत आत्माको चिर शान्तिको कामना समेत गरिन् । प्रकाशको आइतबार बिहान करिब ६ बजे ‘आकस्मिक हृदयाघात’ बाट निधन भएको थियो । यो पनि पढ्नुस् […]

भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री देउवालाई भेटिन्

२६ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएकी विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी हुन् । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको बताइएको छ । […]

भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री देउवालाई भेट्दै

२६ साउन, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुने काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछिन् । प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ४ः३० बजे बालुवाटारमा भेटवार्ता हुनेछ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल हुने बताइएको […]

सुष्मा स्वराजलाई मृगौला दान गर्ने होडबाजी !

नयाँदिल्ली । नेपालमा कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको चर्चा चलिरहेका बेला भारतमा पनि एक नेतृको रोगबारे सामाजिक सञ्जालमा चर्चा छ, तर नितान्त फरक तरिकाले । प्रशंग हो-भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किडनी ट्रान्सप्लान्ट अर्थात मृगौला प्रत्यारोपणको । मृगौलामा समस्या देखिएपछि बुधबार अस्पतालमा भर्ना भएकी विदेश मन्त्री सुष्मालाई सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै केही भारतीय नागरिकले […]

नेपालसँगको अविश्वास हट्योः भारतीय विदेशमन्त्री

६ असार, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालसँग रहेका ‘केही असमझदारी’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणसँगै अन्त्य भएको बताएकी छन् । नरेन्द्र मोदी नेतृत्वको सरकार बनेको दुई वर्षयता भारतीय विदेश नीतिका  उपलव्धिबारे आइतबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले नेपाललगायत सार्कमा आवद्ध सबै देशसँग भारतको सम्बन्ध राम्रो रहेको बताइन् । अाजको अन्नपूर्णमा समाचार छ । […]