Comments Add Comment

सेयर मूल्य

List Grid
अब प्रि-ओपनिङमा सेयर मूल्य दुई प्रतिशतसम्म मात्रै घटबढ हुने

१ साउन, काठमाडौं । अब दोस्रो बजारको प्रि-ओपनिङ सेसनमा कम्पनीको सेयर मूल्य घटबढको सीमा दुई प्रतिशतमा झारिएको छ । नेपाल स्टक एक्सजेन्जले धितोपत्र कारोबार सञ्चालन विनीयमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्षित रुपमा कम्पनीहरुको मूल्य बढेको पाइएपछि दुई प्रतिशतमा सिमित गरिएको नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि […]

किन हुन्छ बैंक र लघुवित्तको सेयर मूल्यमा ठूलो खाडल ?

१५ जेठ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत हुनेवित्तिकै लगातार बढ्यो । डेढ महीनाको अवधिमा यस संस्थाको सेयर मूल्य प्रति कित्ता ५ हजार रुपैयाँ भन्दा माथि पुग्यो । अहिले आईपीओमा आवेदन दिनेहरूमध्ये केहीले गोलाप्रथाबाट १० कित्ता हात पार्छन् । एक हजार रुपैयाँ लगानी गरेर महिला लघुवित्तको १० कित्ता आईपीओ हात […]

सेयर मूल्यबारे जथाभावी अभिव्यक्ति नदिन बोर्डको चेतावनी

६ वैशाख, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक वा कुनै कम्पनी विशेषको सेयर मूल्य बढ्छ वा घट्छ भनेर जथाभावी अभिव्यक्ति नदिन नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ । केहि विश्लेषक वा सक्रिय लगानीकर्ता भएको भन्दै कुनै कम्पनीको सेयर मूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति दिने गरेको पाइएको भन्दै बोर्डले यस्तो कार्य तत्कालै रोक्न आग्रह […]

राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य एकैदिन १७५० रुपैयाँले बढ्यो

२७ वैशाख, काठमाडौं । राष्ट्रि बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार एकैदिन १० प्रतिशत (१७५० रुपैयाँ)ले यस कम्पनीको सेयर मूल्य बढेर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ । यो कम्पनीको संस्थापक समूह तर्फको सेयर मूल्य पनि सोमबार १० प्रतिशतले नै बढेको छ । एकैदिन १ हजार ५ सय […]

उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?

२८ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार […]

नेप्सेको स्पष्टीकरणपछि घट्यो एनसीसी बैंककाे सेयर मूल्य

१२ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जर सम्बन्धी कुनै निर्णय नभएको प्रष्टीकरण दिएको छ । आइतबार बैंकको एनसीसीको सेयर मूल्य अस्वभाविक रुपले बढेको थियो । सेयर मूल्य एक्कासी बढेपछि नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ३ दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो । नेप्सलेलाई सोमबार जवाफ पठाउँदै एनसीसी बैंकले मर्जर स्म्बन्धी […]

एनसीसी बैंकको सेयर मूल्य बढाउन चलखेल !

११ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको सेयर मूल्य बढाउन चलखेल भएको आशंका गरिएको छ । साताको पहिलो दिन आइतबार अस्वभाविक रुपमले एनसीसी बैंकको सेयर मूल्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले समेत आशंका व्यक्त गरेको हो । आइतबार एनसीसी बैंकको सेयर मूल्य सर्किट ब्रेककै हाराहारीमा कारोबार भएको छ । एकैदिन १० प्रतिशतले […]

सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

११ माघ, काठमाडौँ । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस अघिको कारोबार बिहीबार पनि नेप्से परिसूचक बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । साताको पहिलाे कारोबार दिन ५०.२० प्रतिशतले बढेर नेप्सले ऐतिहासिक २४२४.८४ अंकको किर्तिमानी बनाएको हो । दुई सय सात कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता […]

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]

पब्लिक भर्सेस प्रमोटर सेयर : कहीँ नभएको अभ्यास नेपालमा

२६ मंसिर, काठमाडौं । एउटा उखान छ- कहीँ नभएको जात्रा हाँडी गाउँमा । आजको नेपाली वित्तीय क्षेत्रलाई सम्झेर हिजै यो उखान बनेको प्रतित हुन्छ । नेपालका बैंक तथा वित्तीय क्षेत्रका साथै बिमा क्षेत्रमा पनि लगानीकर्ताहरुलाई प्रमोटर (संस्थापक) र अर्को पब्लिक (सर्वसाधारण) समूह भनेर दुई समूहमा विभाजन गरिएको छ । विश्वका अन्य देशमा नभएको अभ्यास नेपालले […]

एनआईसी एशियाको सेयर मूल्य के कारणले बढ्दैछ ?

४ वैशाख, काठमाडौं । केहिदिन देखि एनआईसी एशिया बैंकको सेयर कारोबारले उचाई लिएको छ । एनआईसी एशियाको सेयर किनबेच ठूलो मात्रामा भइरहेको छ । पछिल्ला केहिदिनदेखि कारोबार रकमका आधारमा एनआईसी एशिया टप १० भित्रै देखिन्छ । सेयर मूल्य पनि राम्रै बढीरहेको छ । यद्यपि बुधबार भने यस बैंकको सेयर मूल्यमा गिरावट आयो । बुधबार गिरावट आएको […]