४ मंसिर, काठमाडौं । सेयर बजारमा विभिन्न १६ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हाइड्रोपावर सेक्टरका ९ कम्पनीको मूल्यले नयाँ रेकर्ड बनाएका छन् ।
नेपाल स्टक एक्स्चेन्जको तथ्यांकअनुसार मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, बरुण हाइड्रोपावर, रिभर फल्स पावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, अपरहेवाखोला हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र बाराही हाइड्रोपावरको मूल्य नयाँ उचाइमा पुगेको छ ।
त्यस्तै २ विकास बैंक कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य हालसम्मकै उच्च भएको छ ।
४ लघुवित्त कम्पनी धौलागिरि लघुवित्त, माहुली सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, मानुषी लघुवित्तको मूल्य हालसम्मकै उच्च भएको छ । फाइनान्स सेक्टरको जानाकीको मूल्य हालसम्मकै उच्च छ ।
| कम्पनी | हालको उच्च मूल्य |
| मेन्छियाम हाइड्रोपावर | ६४२.१० |
| मनकामना इन्जिनियरिङ हाइड्रोपावर | ४६८ |
| बरुण हाइड्रोपावर | ४३६ |
| रिभर फल्स पावर | ८०७ |
| भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी | ५७६ |
| ङादी ग्रुप पावर | ५७१ |
| अपरहेवाखोला हाइड्रोपावर | ६४४.९ |
| सयपत्री हाइड्रोपावर | ७९६ |
| बाराही हाइड्रोपावर | ८०० |
| कर्पोरेट डेभलपमेन्ट बैंक | ११६० |
| ग्रीन डेभलपमेन्ट बैंक | ९०० |
| धौलागिरि लघुवित्त | १७३७ |
| माहुली सामुदायिक लघुवित्त | १८२३ |
| स्वाभिमान लघुवित्त | २०४४.९० |
| मानुषी लघुवित्त | २२०५ |
| जानाकी फाइनान्स | १०६२ |
प्रतिक्रिया 4