+
+
Shares

५ हाइड्रोपावर कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते ९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा हाइड्रोपावर सेक्टरले दुई सातामा ७.८ प्रतिशत वृद्धि गरेको छ।
  • हाइड्रोपावर समूहको कारोबार रकम कुलमा ६९ प्रतिशत हिस्सा हो।

२ असार, काठमाडौं । सेयर बजारमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको सेक्टर हो – हाइड्रोपावर । यो सेक्टर दुई सातामै ७.८ प्रतिशत बढेको छ ।

कुल कारोबार रकममा हाइड्रोपावर समूहका कम्पनीको मात्रै ७० प्रतिशत हाराहारी पुग्न थालेको छ । आइतबार कुल ११ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा हाइड्रोपावर समूहको मात्रै ६९ प्रतिशत अर्थात् ७ अर्ब ९१ करोडको भयो ।

समग्र सेक्टरले बढ्दो गति लिइरहेका बेला पाँच कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । विभिन्न समयमा दिइएको बोनस सेयर तथा हकप्रद सेयर समायोजनपश्चात यी ५ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो ।

हालसम्मकै उच्च मूल्यमा पुगेका ५ हाइड्रोपावर कम्पनीमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावर छन् ।

सानिमा माइ हाइड्रोपावरको मूल्य आइतबार प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुपको मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ ७९ पैसा पुगेको छ । बुटवल पावरको ७९४ रुपैयाँ ३४ पैसा, बरुण हाइड्रोपावरको ३६८ रुपैयाँ ७४ पैसा र पियोर इनर्जीको ९०७ रुपैयाँ १० पैसा पुगेको छ ।

पियोर इनर्जी बजारको नयाँ कम्पनी हो । जेठ १३ गतेबाट कारोबार सुरु भएको यो कम्पनीको मूल्य लगातार १० प्रतिशत बढिरहेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेका यी ५ कम्पनीमध्ये ३ कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १ रुपैयाँभन्दा कम छ ।

कम्पनी पछिल्लो मूल्य प्रतिसेयर आम्दानी
सानिमा माइ हाइड्रोपावर ६७० रुपैयाँ ९ रुपैयाँ ८८ पैसा
बुटवल पावर ७९४ रुपैयाँ ३४ पैसा ८ रुपैयाँ २३ पैसा
बरुण हाइड्रोपावर ३६८ रुपैयाँ ७४ पैसा ८९ पैसा
ङादी ग्रुप ४२५ रुपैयाँ ७९ पैसा ८३ पैसा
पियोर इनर्जी ९०७ रुपैयाँ १० पैसा ३८ पैसा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?