Comments Add Comment

हेलम्बु

List Grid
हेलम्बुको तेम्बाथाङमा बन्ने भयो ५३ घरको एकीकृत बस्ती

१ फागुन, सिन्धुपाल्चोक । बौद्ध लामा गुरुहरुको पवित्र मन्त्र उच्चारणसँगै हेलम्बु-३ तेम्बाथानमा एकीकृत बस्तीको शिलान्यास भएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र रिम्पोछे मेमेले बस्तीको शिलान्यास शिलान्यास गरेका हुन् । विनासकारी भूकम्पबाट प्रभावित स्थानीय बासिन्दालाई लक्षित गर्दै उक्त बस्ती निर्माण हुन लागेको हो । स्थानीय ह्योल्मो संस्कृति झल्किने गरी बस्ती बसाउने लक्ष्य छ […]

भूइँचालोपछिको मेलम्चीः कुलो भत्कियो, यो वर्ष रोपाइँ छैन !

टिम्बू, सिन्धुपाल्चोक । ‘कति सुन्नु समाचारमा भूइँचालोको केन्द्र्रविन्दू सिन्धुपाल्चोक मात्रै । कहिलेकाहीँ अन्ततिर केन्द्रविन्दू बनाएर आएको भूइँचालोले घच्याक्क पार्दा अलिकति रमाइलो लाग्ने रहेछ’ चैत २७ गते ललितपुरको सैंबु भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर आएको ४.५ रिक्टरको भूइँचालोले दिएको कडा धक्का सम्झिँदै टिम्बूका निमा लामाले ठट्टा गरे । निमाका लागि भूइँचालोका कम्प र पराकम्पहरु स्वाभाविक बनेका छन् । […]