Comments Add Comment

नुनुता राई

लेखकबाट थप

List Grid
असोज १ गतेदेखि खुल्लान् काठमाडौं उपत्यकाका विद्यालयहरु ?

२७ भदौ, काठमाडौं । कोभिड-१९ को संक्रमण घटेसँगै स्थानीय तहहरुले विद्यालय खोल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि १ असोजदेखि जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अनुमति लिएर विद्यालय खोल्न सक्ने भनिएको छ । त्यसका लागि भदौ मसान्तभित्र विद्यालयहरुले स्थानीयलाई र स्थानीय तहले कोरोना संक्रमणको अवस्था, विद्यालय सञ्चालनका विधिसम्बन्धी विवरण डीसीसीएमसीमा पेश गर्नुपर्ने भनिएको छ । […]

हेभी मेसिन चलाउन तयार १० महिला

२४ भदौ, काठमाडौं । इटहरीकी दीपा अधिकारी अहिले भक्तपुरको सानोठिमीस्थित सीटीजन प्राविधिक शिक्षालयमा ब्याकहोय लोडर चलाउन सिकिरहेकी छिन् । दुई छोराछोरी हुर्काउँदै इटहरीमा ई-रिक्सा चलाइरहेकी उनी एस्काभेटर लगायत हेभी मेसिन उत्पादक कम्पनी जेसीबीको ब्याकहोय चालक बन्ने मौका पाउनासाथ भक्तपुर आएकी हुन् । महिलाहरु घरमै सीमित हुनुहुँदैन भन्ने बिचार राख्ने उनले यसअघि इटहरी उप-महानगरपालिकाको ब्याकहोय लोडर […]

कक्षा १२ को परीक्षा नहुँदा विदेशमा पढ्न चाहनेहरु रोकिए

१४ भदौ, काठमाडौं । कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् । गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण […]

के हो एचपीभी खोप, नेपालमा किन प्रभावकारी हुन सकेन ?

३ भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापति बताउँछिन् । त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो । डा. प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको […]

हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

१३ साउन, काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने […]

अपहरणको उजुरी दिँदा ज्यान जोखिममा पर्ने डर !

७ साउन, काठमाडौं । गलैंचा कारखानाबाट बन्दी श्रमिक भागेपछि सञ्चालक रत्न लामाले निशा दम्पतीलाई खोज्न हरसम्भव प्रयास गरे । नभेटेपछि पर्साको ठोरीबाट उनका बच्चाहरु अपहरण गरेर ल्याए । बच्चाको सहायताबाट उनीहरुको आमाबुवालाई खोज्ने प्रयास गरेपनि नभेटेपछि बच्चाहरुलाई श्रममा मात्रै लगाएनन्, कुटपिट पनि गरे । तीन महिना बढी श्रममा लगाएपछि लामाले सात वर्षकी बालिका र पाँच […]

‘अन्न सकिएर घर बढारेजस्तै छ, कसरी अनलाइन पढाउनु !’

२३ असार, काठमाडौं । ‘दुई वटा घरमा काम गर्थें । निषेधाज्ञा भएपछि अहिले नआउनू भन्नुभएको छ। पछि बोलाउँछु भन्नुभएको थियो । अझै बोलाउनुभएको छैन’, चार वर्षदेखि घरेलु सहयोगीको रूपमा काम गर्दै आएकी नानु भट्टराईले बेरोजगारीको कथा सुनाइन् । काठमाडौं रातोपुल नजिकै बस्दै आएकी नानुले काम गर्ने घरहरू डेरा नजिकै छन् । ती घरहरूका ज्येष्ठ नागरिक […]

विद्यालय तहमा जथाभावी पाठ्यपुस्तक छनोट, १ कक्षामै १० पुस्तक

१३ असार, काठमाडौं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ […]

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

११ असार, काठमाडौं । यो वर्ष पनि कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालय बन्द छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्याङ्कनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेका छन् । महामारीको विषम परिस्थितिमा विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिन भन्दै सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन गराउन निर्देशन […]

सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्ना बढ्यो

८ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै असार १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान थालिएको छ । भर्ना अभियान सुरु भएको एक सातामै केही सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ । कोरोना महामारीको प्रभावका कारण सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढिरहेको उनीहरूको भनाइ छ । कोरोना […]

शहरी जीवनशैलीमा कौसी खेती

५ असार, काठमाडौं । हिजोआज ‘गरे के हुँदैन र !’, ‘आफ्नै पौरख !’ जस्ता शीर्षकसहित काँक्रा, बोडी, करेला, खुर्सानीलगायत तरकारीका तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै देख्न पाइन्छ । गत वर्ष कोरोना नियन्त्रण गर्न भएको लकडाउनपछि यस्ता तस्वीर धेरै देखिन थालेको हो । गत वर्ष कोरोना संक्रमण फैलँदै गएपछि सरकारले लागू गरेको लकडाउन पनि लम्बिँदै […]

स्नातक तह पहिलो वर्षमा दुई ‘ब्याच’ का विद्यार्थी !

२३ जेठ, काठमाडौं । सिन्धुपाल्चोक, चौताराका सुशील नेपाली रत्नराज्य (आरआर) क्याम्पसमा मानविकी संकाय स्नातक पहिलो वर्षका सिनियर ब्याचका विद्यार्थी हुन् । उनी पहिलो वर्षमा भर्ना भएको १९ महीना भयो । उनी पछाडि अर्को ब्याच पनि पहिलो वर्षमा भर्ना भइसकेको छ । सुशीलले अझै पनि परीक्षा दिन पाएका छैनन् । सामान्य अवस्था भएको भए उनी यतिबेला […]