OnlineKhabar.com

ओबामाले चिनियाँ र फ्रान्सेली नेतालाई भेट्ने

२०७० भदौ १९ गते १२:४३ मा प्रकाशित

१९ भदौ, स्टकहोम । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जि२० को बैठकका क्रममा चिनियाँ र फ्रान्सेली नेताहरुलाई भेट्नुहुने भएको छ ।

अमेरिकी राष्ट्रतिको कार्यालय हृवाइट हाउसले बुधबार दिएको जानकारी अनुसार उहाँले उक्त बैठकका क्रममा त्यहाँ पुगेका नेताहरुलाई भेटघाट गर्नुहुने भएको हो । बैठकमा राष्ट्रपति ओबामाले चिनियाँ राष्ट्रपति सि जिनपिङ र फ्रान्सेली राष्ट्रपति फाँसाँ होल्याण्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ- हृवाइटहाउसले एक विज्ञप्तिमा जनाएको छ ।

तर बैठकमा राष्ट्रपति ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने भेटघाटको कुनै औपचारिक कार्यक्रम नरहेको पनि सो कार्यालयले जनाएको छ । उहाँले राष्ट्रपति पुटिनलाई भेट्ने विषयमा विभिन्न समाचारहरु आइरहेका थिए । तर हृवाइट हाउसले सो कार्यक्रम नरहेको स्पष्ट गरेेको छ ।

सिरियामा आक्रमणका विषयलाई लिएर यतिखेर रसिया र अमेरिकाबीचमा विवाद जारी रहेको छ । सोही विवादका कारण नै उहाँले रसियाली राष्ट्रपतिलाई नभेट्ने हुनुभएको अनुमान गरिएको हो । सिरियामा आक्रमणका लागि अमेरिकाले आˆना सेना तैनाथ गरिरहेको छ । उसले सिरियाली सरकारले रासायनिक हतियारको प्रयोग गरेको भनीरहेको छ ।

तर, रसियाले भने सिरियामाथिको आक्रमणका लागि पश्चिमा राष्ट्रहरुले रासायनिक हतियारलाई बहाना मात्र बनाइरहेको बताउँदै आएको छ । रासस/एएफपी

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

ताइवानमा बिहानै ६.४ रेक्टरको भूकम्प, भवन भत्किँदा पाँचको मृत्यु

ताइवानमा शनिबार बिहान गएको भूकम्पमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । दक्षिणी शहर तैनानलाई केन्द्रबिन्दु बनाई आएको भूकम्पको ६.४ रेक्टर स्केल मापन गरिएको...

भारतको गुजरातमा बस दुर्घटना, ४२ जनाको मृत्यु

२३ माघ, काठमाडौं । भारतको दक्षिण गुजरातमा यात्रुबहाक बस दुर्घटना हुदा ४२ जनाको मृत्यु भएको छ । गुजरातको नवसारी जिल्लामा शुक्रबार राति पूणर्ा नदिको...

डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारको मनोनयनमा !

२२ माघ, काठमाडौं । एक अमेरिकी राजनीतिज्ञले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारमा मनोनयनका लागि पठाएका छन्...

जूलियन असान्जले बेलायती पुलिससामू आत्मसमर्पण गर्न सक्ने

२१ माघ, काठमाडौं । विकीलीक्सका संस्थापक जूलियन असान्जले बेलायती पुलिससामू आत्मसमर्पण गर्न सक्ने अनुमान गरिएको छ । उनले बिहीबार विकीलीक्सको ट्वीटर अकाउन्टमा लेखेका छन्,...

दक्षिण माथि उत्तर कोरियाको आक्रमण: दिसा पुछेका ट्वाइलेट पेपर बेलुनद्धारा खसालियो

आफ्नो छिमेकी मुलुकविरुद्ध कुनै देश कतिसम्म निम्न स्तरको हरकतमा उत्रिन्छन् भन्ने कुरा उत्तर कोरियाले प्रदर्शन गरेको छ । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियाको विरुद्ध...

चीनमा दलाई लामाको तस्वीर हटाउन आदेश

१९ माघ, काठमाडौं । चीनको दक्षिण पश्चिमी प्रान्त सिचुआनमा तिब्बती पसलहरुबाट दलाई लामाको तस्वीर हटाउन आदेश दिइएको छ । ग्लोबल टाइम्सले एक अधिकारीलाई उल्लेख...

चीनमा रेल स्टेशन बाहिर एक लाख मानिस फसे

२० माघ, काठमाडौं । दक्षिणी चीनमा भारी हिमपात भएको छ र सार्वजनिक यातायात अवरुद्ध भएको छ । जसका कारण रेल स्टेशन बाहिर दशौं हजार...

कवि अशरफ फयादको सजाय फेरियो, मृत्युदण्डको सट्टा ८ वर्ष जेल र ८०० कोर्रा

२० माघ, काठमाडौं । इस्लाम नमानेको भन्दै फाँसीको सजाय सुनाइएका प्यालेष्टिनी कविको सजाय परिर्वतन गरिएको छ । एक अदालतले कवि अशरफ फयादलाई फाँसीको सजायलाई...

भारतीय सीमा सुरक्षा बलको प्रमुखमा अचर्ना नियुक्त

१९ माघ, काठमाडौं । भारतीय सीमा सुरक्षा बलको कमाण्ड अर्चना रामासुन्दरमले सम्हालेकी छन् । उनी एसएसबीको महानिर्देशकमा नियुक्त भएकी हुन् । भारतमा महिलाले अर्ध सैनिक...

भारतीय प्रधानमन्त्री मोदीसँग ५ हजार पनि छैन ?

१९ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति पैसा होला ? सवैको उत्तर स्वभाविक हुन्छ ,भारतका प्रधानमन्त्रीसँग करोडौं रकम । तर भारतीय प्रधानमन्त्री...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित