+
+

४० औँला भएकी बालिकाको जन्म, जन्मिँदै दाँत छन् जिब्रो छैन

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १३ गते १७:०४

मानिसको सरीरमा हातगोडामा गरी जम्माजम्मी २० वटा औँला हुन्छन् । तर भारतमा भने ४० वटा औँला भएकी बालिकाको जन्म भएको छ । भारतको झारखण्डस्थित लातेहार जिल्लाको बालुमाथ अस्पतालमा शनिबार ४० वटा औँला भएकी बच्ची जन्मिएकी हुन् ।

baby

शेरगडाकी बासिन्दा शमा परविनले जन्माएकी यी बालिकाको मुखमा दाँत पलाइसकेका छन् तर जिब्रो भने छैन । उनका हरेक हात र खुट्टा सबैमा दश दश वटा औँला छन् ।

baby2

बच्ची स्वस्थ रहेको डाक्टरहरुको भनाइ छ । ४० वटा औँला भएको बच्चा जन्मिँदा अस्पतालका सबै मान्छे छक्क परे । ४० वटा औँला भएको बच्चा जन्मिएको पहिलो घटना भएको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?