+
+

छिमेकीको गुप्तांग टोक्नेलाई ७ वर्ष जेल

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १ गते १४:३६

रिस खा आफु, बुद्धि खा अरु भन्ने त सुन्नुभएकै होला । रिसको झोँकमा साथीको गुप्तांग टोकिदिएपछि एक पुरुषले जेलको हावा खानुपरेको छ ।

बेलायतको क्यान्टरबरीस्थित एक अपार्टमेन्टमा चर्को स्वरमा गीत बजाएर सुनिरहेको बेला ज्यासन मार्टिनलाई सोही अपार्टमेन्टमा बस्ने एक पुरुषले म्युजिक सिस्टमको भोल्युम कम बनाउन आग्रह गरे । मस्त रुपमा गित सुनेर मज्जा लुटिरहेका बेला कसैले आवाज सानो बनाउने निर्देशन दिएपछि उनको रिसको पारो यति तात्यो कि उनले काबुमा राख्नै सकेनन् । उनले तत्कालै ती छिमेकी पुरुषमाथि जाइ लागे, उनको पाइजामा भित्र हात लगेर लिंग र अण्डकोष च्वाप्पै समाइदिए । त्यतिले मात्र पुगेन उनले हातले समाएको छिमेकीको गुप्तांगलाई दाँतले चपाइदिए ।

jason

आफ्नो गुप्तांगमा ज्यासनले दाँत गाडेपछि विचरा ती पुरुष रन्थनिएर चिच्याउन थाले । अरु छिमेकीले प्रहरीलाई ग्ाुहारेपछि ज्यासनलाई प्रहरीले पक्रेर लगे । प्रहरीले पक्रिँदाखेरि ज्यासनले छिमेकीको गुप्तांग्ाबाट मुख त हटाएका थिए, तर उनको मुखभरि रगत लतपतिएको थियो । चिकित्सकहरुले विचरा ती पुरुषको गुप्तांगमा टाँका लगाएर उपचार गरे । नाम नखुलाइएका ती पुरुषको अवस्था सुधारोन्मुख छ ।

उता छिमेकीको लिंग टोक्ने ज्यासनलाई क्यान्टरबरी क्राउन कोर्टकी महिला न्यायाधीशले ७ वर्षको जेल सजाय सुनाएकी छिन् । अदालतमा ज्यासनले आफ्नो कसूर इन्कार गर्दै आफुले टोक्दाखेरि त्यो चिज उनको लिंग र अण्डकोष हो भन्ने कुरा थाहा नपाएको तथा आफुले सामान्य रुपमा मुसाले टोकेजस्तै टोकेको र घाउ नबनाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?