Comments Add Comment

एनबी बैंकको २२औं शाखा भोजपुरमा

१३ कात्तिक, भोजपुर । बंगलादेशको आइएफआइसी बैंकसँगको साझेदारीमा सञ्चालित नेपाल बंगलादेश बैंकले आपनो २२औं शाखा भोजपुरमा खोलेको छ ।

उक्त शाखाको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा र बैंकका संचालक मुकुन्दनाथ ढुंगेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगनाले जिल्लाको पर्यटन, कृषि, पशुपालन र जलविद्युतको क्षेत्रमा लगानी गर्ने बताउनुभयो ।

जिल्लामा सञ्चालित निजी क्षेत्रको यो तेस्रो बैंक हो । पछिल्लो समय जिल्लामा यातायातको विकाससँगै निजी क्षेत्रका बैंकहरु भित्रिने क्रम बढ्दै गएको छ ।

NB-Bank-Bhojpur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment