Comments Add Comment

हारेका नेताले बाँडेको पैसा फिर्ता माग्न थाले

१० मंसिर, महोत्तरी । महोत्तरी जिल्लाको क्षेत्र नं ३ र ४ का अधिकांश ठाउँमा सम्पन्न संविधानसभा निर्वाचनलाई आˆनो पक्षमा पार्न मतदाताहरूलाई लाखौँ रुपैयाँ बाँडेका केही दलले हारेपछि अहिले भोट नदिएको भन्दै पैसा फिर्ता माग्न थालेका छन् ।
पैसा बाँडेर पनि चुनाव जित्न नसकेका केही दलका नेता तथा कार्यकर्ताहरू अहिले क्षेत्र नं ३ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकासहित वरपरका १० भन्दा बढी गाउँमा पैसा फिर्ता माग्दै हिँडेको कुरा स्थानीय बासिन्दाले बताएका छन् ।
हार व्यहोरेका केही दलका नेता तथा कार्यकर्ताहरू पैसा दिएकाहरूलाई गालीगलौज गर्दै पैसा फिर्ता मागिरहेका छन् । फिर्ता नदिनेलाई धाकधम्कीसमेत दिने गरेको नाम नछाप्ने सर्तमा जलेश्वर-५ का एक व्यक्तिले बताए ।
त्यस्तै कतिपयले त्यस्ता नेताहरूबाट पाएका पैसा आधाजसो खर्चिसकेको र आधा फिर्ता पनि गरेका छन् । कतिले पूरै पैसा खर्चिसकेकाले तुरुन्तै फिर्ता गर्न नसकिने भएपछि तिर्ने भाका दिनुपरेको समेत पैसा लिएका व्यक्तिहरूले बताएका छन् ।
पैसा लिएकाहरूले पैसा खाइसके पनि भयका कारण आफूहरूले भाका दिनुपरेको दुःखेसो व्यक्त गर्दै पीडितहरूको एक समूहले नै त्यस्ता दलहरूको सामाचार बाहिर ल्याइदिन आग्रह गरेका छन् ।
त्यस्तै जिल्लाको क्षेत्र नं ४ का १४ वटै गाविसका विभिन्न गाउँ टोलमा पनि पैसा बाँडेका नेता तथा कार्यकर्ताहरू भोट नदिएको भन्दै धेरैजसो मतदातासँग पैसा फिर्ता मागिरहेको कुरा स्थानीयले बताएका छन् ।
ठेकेदारहरूले लाखौँ पैसा लिएर सयौँ, हजाराँै भोट दिलाउने बाचा गरेपनि त्यस्ता उम्मेदवारहरू हारेपछि त्यस्ता ठेकेदारहरूलाई अहिले जोगिन धौधौ परेको छ ।
महोत्तरी क्षेत्र नं ३ र ४ मा संविधानसभा निर्वाचनलाई आˆनो पक्षमा जित हात पार्न २/४ दलले करोड रुपैयाँसम्म केही मतदाता र ठेकेदारहरूलाई बाँडेको बताइन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment