+
+
Shares

परिवार दलले ढकाल र राजवंशीलाई संविधानसभामा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २१ गते १५:५०

२१ मंसिर, काठमाडौं । नेपाल परिवार दलले संविधानसभामा पार्टी अध्यक्ष एकनाथ ढकालसँगै मिलनकुमारी राजबंशीलाई पठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले पार्टीले पाएको दुई सिटमा अध्यक्ष ढकालसँगै महिला कोटामा राजबशीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारलाई समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने निर्णय गर्ने जिम्मा अध्यक्ष ढकाललाई दिएको छ । साथै निर्वाचनमा पार्टीको सहभागिता र प्राप्त परिणमको सम्वन्धमा प्रतिवेदन प्रस्तुत गर्न महामन्त्री बिनोद डाँगीको नेतृत्वमा ७ सदस्यीय समिति बनाएको छ ।

परिवार दलले निर्वाचनका क्रममा पार्टी टाँसेका पर्चाहरु हटाउन जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिनुका साथै राष्ट्र र जनता पहिलो प्राथमिकता अभियानलाई निरन्तरता दिने निर्णय गरेको महामन्त्री डाँगीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?