Comments Add Comment

आँखामा लेन्स र गर्मिलो पहिरनले सेक्सी बेनिशा

आइतबार सम्पन्न चलचित्र ‘बितेका पल’को प्रिमियर कार्यक्रममा नायिका केकी अधिकारीले लगाएको पहिरनको तारिफ खुबै चलेको थियो । केकीले लगाएको ढाकाको गाउनलाई धेरैले मन पनि पराए । सिनेमाको मुख्य नायिका भएकाले पनि केकीले पहिरनमा विशेष ध्यान दिनु जरुरी थियो ।benish-hotतर यही भिडमा आएका अन्य नायिकाहरुले पनि आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी राखेनन् । नायिका बेनिशा हमालको पहिरन पनि चर्चामा रहेको थियो । काठमाण्डौको चिसोले पनि बेनिशालाई खासै छोएको देखिएन । छोटो वान पिस पहिरनमा पुगेकी वेनिशा क्यामेरा पर्सनहरुको नजरमा परिन् ।

काठमाण्डौको जाडोले चिस्याउँदै गर्दा धेरैले बाक्लो कपडाको साहारा लिएका थिए । तर वेनिशालाई भने बीग सिनेमाको परिसरमा चलाइएको एसीको तातोले नै तताइरहेको थियो । उनले आफूले लगाएको पहिरनको धेरैले चर्चा र तारिफ गरेको बताइन् । आफ्नो डे्रस छनोटलाई धेरैले मन पराएको वेनिशाले अनलाइनखबरलाई बताइन् ।

अर्कोतिर बेनिशाको आखाको लेन्सले पनि धेरैलाई मोहित बनायो । आँखामा लेन्स लगाएकाले पनि बेनिशाको हेराई कामुक देखिएको थियो । लेन्स लगाउनुको कारणबारे वेनिशाले भनिन्, ‘आँखा केही कमजोर भएकाले कलेज र घरमा चश्मा नै लगाउँछु । तर यस्ता कार्यक्रममा भने लेन्स लगाएर पुग्छु ।’ जे होस् नायिकाहरु मिडिया पुग्ने यस्ता कार्यक्रममा पहिरन प्रति धेरै नै सजग देखिएको पाइन्छ ।benisha-hamal-with-lense

 benisha-hamal-hot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment