Comments Add Comment

मिलन अमात्य भन्छिन्, ‘मेरो प्रतिस्पर्धा अञ्जु पन्तसँग हैन’

milan-amatya

अञ्जु पन्तको स्थान लिने गायिकाको रुपमा चर्चा भैरहदा उनले आफूलाई कसैसँग तुलाना नगर्न आग्रह गरिन् । उनले आफू पनि अञ्जु पन्तको निक्कै ठूलो फ्यान भएको जनाउँदै उनको स्थान सांगीतिक क्षेत्रमा अरुले लिन नसक्ने तर्क गरिन् ।

‘गाला रात्तै’ र ‘स्लोली स्लोली’ बोलले मिलन अमात्यको सांगीतिक करिअरमा नसोचेको आयाम ल्याइदिएको छ । तर मिलन यो आफ्नो काम प्रतिको लगनशिलता र श्रोताको माया बताउँछिन् ।

आसाममा जन्मिएकी मिलनले करिब १२ बर्षसम्म त्यहाँ नै संघर्ष गरिन् । उनले राजस्थानी, आसामी, नेपाली भाषाका केही गीतहरु पनि नगाएकी होइनन् । आसाममा उनलाई सांगीतिक सफलता त मिल्यो तर एउटा उचाई पर्खाइमा नै थियो ।

नेपाली सांगीतिक क्षेत्रमा जम्न भने उनलाई आधा बर्ष पनि लागेन । ‘पहिलो एल्बमको लागि मैले खुबै मिहिनेत गरेको थिए, जसले मलाई सफल पनि बनायो’, कर्णपि्रय आवाजकी सुन्दर गायिकाले भनिन् ।

एल्बम निकाल्ने बित्तिकै उनी नेपाली सिनेमाका संगीतकाहरुको नजरमा परिन् । पाश्र्व गायनमा महिला आवाजको खोजी गरिरहेका संगीतकारहरुसँग उनले काम गर्ने मौका पाइन् । गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘नोटबुक’को ‘गाला रात्तै’ र यो बर्ष प्रदर्शनमा आएको ‘काली’ चलचित्रको ‘स्लोली स्लोली’ गीतले मिलनलाई रातारात चर्चित बनाइदियो ।

उनलाई अब एउटा गरुङ्गो भारी बोकेको छु भन्ने लागेको छ । आफ्नो प्रतिस्पर्धा आफैसँग हो भन्ने गायिकाले अब कती सम्म काम गर्न सक्छु र पाएको एउटा स्थानलाई जोगाउन सक्छु भन्ने नै सोचेकी छिन् ।

गीत छान्दा शब्द, संगीतमा ध्यान दिएतापनि चर्चित नै हुन्छ भन्ने उनलाई लागेको हुँदैन । सुरुवातमा केही चलचित्र र एल्बमको लागि गीत गाएतापनि श्रोता र मिडियाको ध्यान मिलन माथि पर्न सकेन । तर पछिल्लो समय उनलाई संगीतकारहरु पनि अञ्जु पन्तको विकल्पको रुपमा लिन थालेका छन् । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा चर्चित बन्दै गएकी गायिका मिलन अमात्यमा घमण्ड नपलाएको खण्डमा लामो रेशको घोडा बन्ने विश्लेषण संगीतका पण्डितहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment