Comments Add Comment

अञ्जुलाई उछिन्दै मिलन अमात्य

‘गाला रात्तै’ र ‘स्लोली स्लोली’ गीत हिट भएपछि गायिका मिलन अमात्यको चर्चा यतिबेला बजारमा चुलिएको छ । सिनेमाको पाश्र्व गायनमा होस् या कुनै कलेक्शन एल्बममा नै किन नहोस्, मिलन अमात्य नै हाबी छिन् ।milan-and-anjuकेही समय अघि सम्म अञ्जु पन्तको दबदबा थियो नेपाली सांगीतिक बजारमा । अहिले चलचित्र तथा अन्य एल्बहरुमा अञ्जुलाई मिलनले विस्थापित गरेको भान धेरैले गरेका छन् । पति मनोजराजसँग सम्बन्ध बिच्छेद पश्चात अञ्जु पछि परेकी छिन् । उसो त अञ्जु आफू घर बनाउन व्यस्त भएकाले संगीत बजारमा नदेखिएको तर्क गर्छिन् ।

अञ्जुको सम्बन्ध धेरै संगीतकारहरुसँग राम्रो छैन । यसैले पनि उनको विकल्प खोज्न संगीतकारहरु लामै समयदेखि सक्रिय थिए । एकाएक आफ्नो पहिलो एल्बम बजारमा ल्याएपछि मिलन उदाएकी हुन् ।

अञ्जु पन्तले तताउँदै आएको स्टेजमा मिलन हाबी देखिएकी छिन् । यतिमात्र होइन देशका विभिन्न स्थानमा विभिन्न नाम दिएर हुने गरेको अवार्ड तथा पुरस्कारमा पनि मिलनको नाम अघि देखिएको छ । यसैले पनि होला, यतिबेला मिलनले अञ्जुको स्थान लिएको सांगीतिक बजारमा चर्चा सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment