+
+
Shares

केपी ओलीले टेरेनन् झलनाथको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ७ गते १६:२७

Ca first onlinekhabar (4)

७ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्ना सभासदलाई दौरा सुरुवाल, भादगाउँले टोपी र नीलो कोटमा सपथ ग्रहणमा उपस्थित हुन निर्देशन दिएका थिए । तर, खनालको निर्देशन स्थायी समिति सदस्य केपी ओलीले नै पालना गरेनन् ।

अनिवार्यरुपमा नीलो कोट लगाउनुपर्ने खनालको निर्देशनलाई लत्याउँदै ओली खरानी रंगको सुटमा सपथ लिन संविधानसभामा उपस्थित भएका थिए । एमालेका अधिकांश सभासदहरु खनालको निर्देशनबमोजिम नै उपस्थित थिए । एमालेका केही सभासदहरु आफ्नै भेषभूषा र संस्कृति झल्किने पहिरनमा सपथ ग्रहणका लागि उपस्थित भएका थिए ।

जेष्ठ सभासद सूर्यबहादुर थापाले मंगलवार संविधानसभा भवनमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सभासदलाई बिहान साढे ११ बजे सपथ ग्रहणका लागि बोलाइए पनि मध्यान्ह १२ बजेपछिमात्रै सपथ ग्रहण गराइएको थियो ।

मंगलवार दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका ५ सय ७५ मध्ये पाँचजना सभासद भने सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे ।

पूर्वसभामुख नेम्वाङद्वारा लिम्बू भाषामा सपथ

पूर्वसभामूख एवं एमालेका सभासद सुवासचन्द्र नेम्बाङले आफ्नो मातृभाषा लिम्बू भाषामा सपथ ग्रहण गरेका छन् । अघिल्लो संविधानसभामा सभामुख हुँदा नेपाली भाषामै सपथ खाएका उनले योपटक भने लिम्बू भाषामा सपथ ग्रहण गरेका हुन् । नेम्वाङ एमाले नेता हुन् ।

संसद सचिवालयले आफ्नो मातृभाषामा सपथ लिन चाहने सभासदलाई मातृभाषाको व्यहोरासहित अगि्रम जानकारी दिन आग्रह गरेपछि ४४ जना सभासदले निवदेन दिएका थिए । सोहीबमोजिम सभासदले एकदर्जन जति भाषामा शपथ ग्रहण गरेका हुन् । संसद सचिवालयका अनुसार ४४ सभासदले हिन्दी, मैथली, भोजपुरी, गुरुङ, थारुलगायतका भाषामा सपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?