+
+
Shares

यौन समस्याले गर्दा सम्बन्ध टुट्ने खतरा किन हुन्छ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गलत खानपान, अस्वस्थ जीवनशैली र तनावका कारण मानिसहरूमा यौन समस्या बढेको छ।
  • आफ्नो पार्टनरलाई यौनमा मात्र होइन, यौनअघि पनि सन्तुष्ट गर्नुपर्छ ।

यौनको विषयमा अझै पनि मानिसहरू खुलेर कुरा गर्न लजाउने गर्छन् । अहिलेको अवस्थामा गलत खानपान, अस्वस्थकर जीवनशैली र अत्यधिक तनावका कारण मानिसहरूमा यौन समस्या बढेको छ । हरेक व्यक्तिले आफ्नो जीवनमा धेरै पटक सोच्छ, आफ्नो यौन जीवनलाई कसरी अझ राम्रो बनाउन सकिन्छ ।

के मैले यौन ठिकसँग गरिरहेको छु ? मेरो पार्टनर मसँग सन्तुष्ट छ कि छैन ? के मैले मेरो पार्टनरलाई राम्रोसँग सन्तुष्ट गर्न सकिरहेको छु ? कतै ममा कुनै कमी त छैन ? यौनको बारेमा यस्ता प्रश्न धेरैको मनमा सक्छन् ।

यस्ता धेरै विचारहरू दिमागमा बारम्बार आउँछन्, जसले गर्दा डर लाग्न सक्छ, कतै यौन समस्याको कारणले पार्टनरले छोड्ने त होइन ।

यौन इच्छामा कमी भए पनि, श्रीमान् वा श्रीमती लाज, डर वा अपमान भावका कारण आफ्नो समस्या व्यक्त गर्न चाहँदैनन् । यसको परिणामस्वरूप, सम्बन्धमा दूरी बढ्न थाल्छ र दाम्पत्य जीवनमा अन्य चुनौतीहरू थपिन्छन् ।

यौन समय

यौन समयलाई लिएर हाम्रो मनमा धेरै विचारहरू आउँछन् । हरेक पुरुषलाई लाग्छ-उनकी पार्टनरले लामो समयसम्म यौनक्रिया गरिरहुन् ता कि, उनी सन्तुष्ट हुन सकून् । तर, यो गलत हो । यौन लामो समयसम्म होस् वा नहोस्, यौन यस्तो हुनुपर्छ जसले र पार्टनरलाई राम्रो अनुभव गराओस् ।

आफ्नो पार्टनरलाई यौनमा मात्र होइन, यौनअघि पनि सन्तुष्ट गर्नुपर्छ, जस्तैः ओरल सेक्स गरेर, पार्टनरको संवेदनशील अंगहरूलाई छोएर र पार्टनरको पूरै शरीरमा मायालु चुम्बन गरेर । यस्तो गर्दा पार्टनर यौनअघि नै धेरै हदसम्म सन्तुष्ट महसुस गर्छन् । यदि पार्टनरलाई लाग्छ यौन अवधि धेरै कम छ भने, राम्रो यौन विशेषज्ञसँग भेट्नुपर्छ र यो विषयमा छलफल गर्नुपर्छ ।

लिङ्गको आकार

विदेशी अश्लील भिडियोहरूले धेरैको मनमा एउटा गलत धारणा बनाएको छ-लिङ्ग धेरै मोटो र लामो भए मात्र महिलाहरू सन्तुष्ट हुन्छन् । यसै कारणले धेरै पुरुषहरू इन्टरनेटमा पढेर लिङ्ग ठूलो बनाउन भन्दै औषधिहरू लिन थाल्छन्, जसका धेरै साइड इफेक्टहरू हुन्छन् । यो सोच र यस्तो गर्नु गलत हो । पार्टनर लिङ्गको आकारबाट होइन, पार्टनरको प्रदर्शनबाट सन्तुष्ट हुन्छन् ।

यदि लिङ्गको आकार धेरै ठूलो छैन, तर प्रदर्शन राम्रो छ भने पार्टनरलाई कहिल्यै गुनासो हुने छैन । यदि पार्टनरलाई लिङ्गको आकार धेरै सानो छ र राम्रोसँग प्रदर्शन गर्न सकिरहेको छैन जस्तो लाग्छ भने यौन विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

समयपूर्व स्खलन

यौनको समयमा चाँडै स्खलन हुनु वा थोरै उत्तेजनामा नै चरम सुखमा पुग्नुलाई समयपूर्व स्खलन भनिन्छ । यो समस्या आजकाल धेरै सामान्य छ । यौनको समयमा पूर्णप्रदर्शन गर्न नसक्नु र चाँडै स्खलन हुनु धेरै पुरुषहरूको समस्या हो । जसले गर्दा उनीहरूका प्रेमिका वा पत्नी सन्तुष्ट हुन सक्दैनन् । समयपूर्व स्खलनमा धेरै कुराहरूमा निर्भर गर्छ ।
त्यसैले यौनको समयमा पूर्ण प्रदर्शन गर्न सकिएको छैन भने विशेषज्ञको सल्लाह लिनुपर्छ ।

महत्त्वपूर्ण कुरा

कुनै पनि प्रकारको यौन समस्याबाट यौन जिवन प्रभावित भएको छ भने विशेषज्ञ चिकित्सकको सल्लाह लिन लजाउनु हुँदैन । यदि चिकित्सकसँग छलफल नगरी गलत औषधि सेवन गरियो भने अन्य समस्या निम्तिन सक्छ । यौन समस्याबाट छुटकारा पाउने सबैभन्दा राम्रो उपाय भनेको राम्रो विशेषज्ञसँग सम्पर्क गर्नु हो । यस्ता विशेषज्ञहरूले समस्यालाई गोप्य राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?