७ माघ, काठमाडौं । नेपाली कांग्रेसका चर्चित नेता प्रदीप गिरी र डा. नारायण खड्कासहित ५ जना सभासद सपथ ग्रहणमा अनुपस्थित भएका छन् । मंगलबार सपथग्रहण नगरेका सहित अब संविधानसभामा ३२ सभासदको सीट खाली छ ।
संविधानसभा भवनमा मंगलबार आयोजित सपथ ग्रहण कार्यक्रममा कांग्रेस सभासद नारायण खड्का, र प्रदीप गिरी अनुपस्थित थिए । त्यसैगरी मधेशी जनअधिकार फोरम नेपालका अभिशेषप्रताप साह, एमालेका सभासद बंशीधर मिश्र र सूवर्ण ज्वारचन पनि सपथग्रण समारोहमा अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।
२६ सदस्यविनै सपथ खुवाइयो
त्यसैगरी सरकारले मनोनित गर्ने २६ सभासदविनै अन्य सभासदलार्इ सपथ ग्रहण गराइएको छ । खिलराज रेग्मी नेतृत्वको सरकारले नै २६ सभासद मनोनयन गर्ने कि नयाँ बन्ने सरकारले भन्ने विषयमा दलहरुवीच कुरा मिल्न नसकेपछि २६ सभासदको मनोनयन हुन सकेको छैन ।
अब सरकारले २६ सभासदको मनोनयन गरेपछि फेरि उनीहरुलाई छुट्टै सपथ खुवाइनेछ । मंगलबार गयल भएका सभासदको सपथ ग्रहणका कहिले गर्ने भन्ने सचिवायलले केही जनाएको छैन ।
यी समाचार पनि पढ्नोस्
थरिथरिका सभासद, थरिथरिका पोशाक ! (फोटो फिचर)
प्रतिक्रिया 4