+
+
Shares

हामीलाई कता लाँदैछ मोवाइल र इन्टरनेटले ?

लामो समय कम्प्युटरमा बस्ने, भिडियो च्याट तथा सामाजिक सञ्जालमा हराउँदा स्वास्थ्य अवस्था बिग्रन सक्छ । पाचनप्रणाली, उच्च रक्तचाप, मधुमेह तथा हाईपर टेन्सन र विभिन्न मानसिक विकार देखिन सक्दछन् । लामो समय मोवाइल फोनको प्रयोग गर्दा स्मरण क्षमतामा ह्रास ल्याउँछ । चर्को आवाजमा मोवाइल फोन सुन्ने, ‘म्यूजिक प्लेयर’ हेडसेट कानमा लगाउने व्यक्तिमा बहिरोपन हुन सक्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०७० माघ १६ गते १८:०२

ramnath khanal-रामनाथ खनाल

मोवाइल फोनबाट पर राखेर आजको जीवन कस्तो देखिएला ? गर्लफ्रेण्ड, व्वायफ्रेण्डको अङ्गालोबाट अचानक फुत्किन परेको नवयौवनाहरुको वियोगान्त क्षणजस्तो, कमजोर दृष्टिक्षमता भएकाहरुको ‘पावरवाला’ चस्मा फुत्त भुइर्ंमा झरेजस्तो, वयोवृद्धहरुको टेक्ने लौरो पिटिक्क भाँचिएजस्तो, यस्तै-यस्तै होला उफ् ! कल्पना गर्न पनि गाह्रो ।

जे होस् मोवाइमा नै मस्ती छ आजभोलि । गोजीमा भनेजस्तो गाँठ नभए पनि, खाजा खान पकेटमनी सिद्धिए पनि मोवाइलको मज्जा लुट्न पाएपछि फुरुङ्ग छन् आधुनिक जमानाका युवायुवतीदेखि उमेरले डाँडा काटेका वयोवृद्धसम्म ।

बदलिएको परिवेशमा मनोरञ्जन आज मानिसको स्वभाविक तथा निजी रुचीको विषय बन्न पुगेको छ । मोवाइल फोनहरु आज स्मार्ट फोनमा रुपान्तरण भैसकेका छन् । चल्तीको मोवाइल फोन आज स्कूल, कलेजमा अध्ययन गर्ने ठिटाठिटीदेखि गिटी कुट्दै न्यून जीवनयापन गर्ने आधारभूत एवम् निम्न वर्गका मानिसको पनि नजिकको साधन बनेको छ ।

म्यूजिकमा झुम्नदेखि, फेसबुक/ट्विटरमा रम्नसम्म र फोटो सुटिङ गर्नदेखि भिडियो च्याटिङमा मस्ती गर्नसम्म मोवाईल प्रीय बनेको छ आजभोलि । टाईट प्यान्टमा सजिएर स्कुटरमा बेपर्वाह हुँइकिने ‘रुपमती’देखि विदेशिएका श्रीमानसँग गाउँका दुरदराजका आँगनबाट बात मार्नेहरुको पनि आज चर्चा मोवाइल फोन नै बन्ने गरेको छ ।

एण्ड्रोइड अपरेटिङ सिस्टमसहितको ‘फङ्सनएवल’ आधुनिक स्मार्ट फोनले आज मानिसको जीवनशैली बदलिदिएको छ । दुरदराजका गाउँलाई विश्व परिवेसँग जोडिदिएको छ । यसले मान्छेको कामकाजलाई छोट्याइदिएको छ । मानिसको जीवनलाई साँच्चै सहज र अत्याधुनिक बनाइदिएको छ ।

अफिसबाट श्रीमानले ढीला गरे श्रीमतीले घरबाटै मोवाइलमा चल्ने इन्टरनेटमार्फत फेसबुकको इनबक्समा- ‘बाबा कहिले आउने ?’ व्यहोराको सन्देश हालिदिन्छिन् । छोराले तुरुन्त त्यस्तै प्रकृतिको अर्को सन्देश प्रवाह गरिदिन्छ । स्कूल कलेज पढ्दै गरेका युवायुवतीहरुको प्रेम झाङ्िगने र मौलाउने मौका पनि मिलेको छ मोबाइलमार्फत ।

घरमा नै छ ग्याजेट बजार । छोरो ‘म्यूजिक प्लेयर’मा मस्त छ । छोरी स्मार्ट फोनको सान देखाउँछे । भतिजो ‘आईपड’ र ‘आईप्याड’को तारिफ गर्छ । बुबा अस्ति छोराले अष्ट्रेलियाबाट ठूलो छोराले पठाइदिएको ‘आईफोन’मा नै अल्भिmनुभएको छ । भाउजू ‘ल्यापटप’मा दाजुसँग भिडियो कल गर्दै गफिन्छिन् । भच्र्युअल भोगाइको आनन्द छ । विद्युतीय उपकरणको गर्मीले गाउँको कन्दरादेखि धरहराको सहरसम्म तातेको छ ।

बर्थडेमा ब्वायफ्रेण्डले ‘ट्याब्लेट’ नदिए गलफ्रेण्ड रिसले ‘बम’ हुन्छिन् । छोराले मलेसियाबाट नयाँ मोवाईल नल्याइदिए आमै ठुस्किन्छिन् । भाइबर र स्काईपीबाट थोरै टाढा भए अर्धाङ्िगनीले सातो लिन्छिन् । भरखर मायाँ बसेको प्रेमीप्रेमीका छाड्न सजिलो होला ग्याजेट्सको दुनियाँबाट बाहिर आउन मुस्किलै छ अब मानिसहरुलाई ।

बजारमा आएको अनेकन ‘एप्स’ तथा ‘फङ्सनएबल’ विद्युतीय उपकरणहरुले मानिसलाई धेरै विलासी, सुविधाभोगी, मनोरञ्जनमुखि बनाउँदै लगेको छ भने मानिसको जीवनशैली हृवात्तै महङ्गिएको छ । मोवाईलफोन, ल्यापटप, ट्याव, क्यामेरा, आईपडजस्ता विद्युतीय उपकरणको उपयोगमा आएको असामयिक वृद्धिसँगै मानिसको कमाइको ठूलो हिस्सा त्यतातिर खर्च हुन थालेको छ । योसँगै मोटो रकम मुलुकबाट बाहिरिएको पनि छ र क्रमशः नेपाली समाजलाई आवश्यकताभन्दा बढी विलासी बनाइदिएको छ ।

आधुनिक विद्युतीय उपकरणहरुले मानिसको जीवनशैली बदलिएको त होला तर यसको निरन्तरको प्रयोगबाट मानिसको सिर्जनशीलतालाई अत्यन्तै सङ्कुचित बनाइदिएको छ , उपभोक्तवादी बनाइदिएको छ । विद्युतीय उपकरणको उपयोगबाट मानिसको दैनिकी सहज बनेको छ । तर, अनियमित प्रयोगले उल्टै मानिसको स्वास्थ्यमा प्रतिकुल तथा नकरात्मक असर पुर्‍याउन थालेको छ । मानिसको स्मरण शक्तिमा ह्रास ल्याउन थालेको छ । यसको प्रयोगबाट एकातिर मानिसका आवश्यकताहरु लम्बिएका छन् भने अर्कोतर्फ खर्चको दायरा झनै फराकिलो बनेको छ । परिमाणतः मानिस उपकरणको पिछलग्गु बनिरहेको छ, प्रतिक्षण आफ्नो सिर्जनशीलता कमजोर बन्दैछ र मानिस व्यवहारशैली अस्वाभिक बन्न थालेको छ । त्यसो त हरेक चिजको उपयोग सीमितरुपमा हुनसके त्यसबाट सकारात्मक उपयोगिता हासिल गर्न सकिन्छ । स्कूल पढ्दै गरेका बालबालिकाहरु डेक्सटपमा झुण्डिँदा, टेलिभिजनबाट प्रशारण हुने कार्टुनहरुमा रमाँउदा, भिडियो गेम पार्लरमा ‘मारकाट’को दृष्य समेटिएका खेलमा लामो समय अल्झँदा उनीहरुको मानसिकतामा तथा आनिवानीमा नकारात्मक असर पर्दछ ।

लामो समय कम्प्युटरमा बस्ने, भिडियो च्याट तथा सामाजिक सञ्जालहरुमा हराउँदा मानिसहरुको मानसिक एवम् शारीरिक स्वास्थ्य अवस्था बिग्रन सक्छ । यसतर्फ हामी सचेत बन्नु पर्दछ ।

लामो समय मोवाइल फोनको प्रयोग गर्दा मोवाइल फोनबाट उत्पन्न हुने रेडियो तरङ्ग तथा विकिरणहरुले मानिसको स्मरण क्षमतामा ह्रास ल्याउनुका साथै बच्चाहरुको स्वास्थ्यमा त झनै प्रतिकूल असर पुर्‍याउने र विभिन्न मानसिक विकारहरु उत्पन्न हुन सक्ने खतरा बैज्ञानिकहरुले औँल्याएका छन् ।

अत्यन्त चर्को आवाजमा मोवाइल फोन सुन्ने, ‘म्यूजिक प्लेयर’ हेडसेट लगाएर कानमा सुन्ने व्यक्तिहरुमा बहिरोपनको खतरा रहन सक्दछ । बैज्ञानिकहरुका अनुसार आईपड अथवा कुनै पनि म्यूजिक प्लेयरबाट ८५ डेसिवलभन्दा माथिको आवाजमा प्रतिदिन ८ घण्टा संगीत सुन्ने मानिसहरुमा स्थायी बहिरोपन देखिन सक्दछ । ५-८ घण्टा नियमित रुपमा कम्प्यूटर (ल्यापटप, डेक्सटप) मा बस्ने व्यक्तिमा मांसपेसीको दुखाइ, ढाडको दुखाइ आदि समस्या निम्तिन सक्दछन् । यसका अतिरिक्त पाचनप्रणालीको समस्या, उच्च रक्तचापको समस्या, मधुमेह तथा हाईपर टेन्सन र विभिन्न मानसिक विकारहरु देखिन सक्दछन् ।

अतः बजारमा उपलव्ध आधुनिक विद्युतीय उपकरणहरुको सीमित उपयोगमार्फत असीमित लाभ लिऔँ न कि असीमित उपयोगमार्फत अथाह समस्या निम्त्याउने । निश्चय पनि विद्युतीय उपकरण गसिप दुनियाँबाट आफुलाई अछुतो राख्न सम्भव छैन र राख्नु पनि हुँदैन । तर, यसको अतिउपयोग पनि हितकर हुन सक्तैन । उपयोगकर्ता सचेत बनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?