अहिले कक्षाकोठा प्रविधिमैत्री हुनुपर्ने धारणा छ । तर धेरैजसो विद्यालय र कक्षाकोठा प्रविधिमैत्री छैनन् । कतै विषय शिक्षकहरूलाई त्यसको ज्ञान हुँदैन कतै प्रविधिको पहुँच हुँदैन । त्यस्तोमा अहिलेको समयलाई समय सान्दर्भिक बनाउँदै पठनपाठन सम्बन्धीका विभिन्न टुल्सहरूबारे शिक्षकहरूलाई जानकारी दिन ‘डिजिटल एन्ड वियोन्ड’ का सह-संस्थापक सगुन ढुङ्गाना लगायतका व्यक्ति लागि परेका छन् ।
ढुङ्गाना सहितका टोलीले यसका लागि गुगल सर्टिफाइड एजुकेटर ट्रेनिङ दिँदै आएका छन् । हालै यो टोलीले नयाँ बानेश्वरमा अवस्थित काव्या विद्यालयका शिक्षकहरूलाई तालिम दिएको छ ।
प्रशिक्षक ढुङ्गानाका अनुसार अहिले शिक्षकहरूले लेभल १ (प्रारम्भिक) र लेभल २ (एड्भान्स) को तालिम पाएका छन् । तालिमपश्चात शिक्षकहरू गुगलका विभिन्न टुल्सहरू प्रयोग गरेर शिक्षण र सिकाइलाई व्यवस्थित बनाउन सक्षम हुन्छन् । त्यस्तै यदि कोही शिक्षकले चाहेको खण्डमा सर्टिफाइड ट्रेनर/इनोभेटर समेत हुन सक्ने छन् ।
उनैको टोलीले विज्ञान विषय पढ्न/पढाउन सजिलो र सहज हुने विभिन्न टुल्सबारे अनलाइनखबरलाई जानकारी दिएका थिए । तीमध्ये केहीको तल चर्चा गरिएको छ ।
१४० बढी जनावरहरूबारे थाहा पाउने यो एउटा अनलाइन प्लेटफर्म हो । वेबसाइटमा राखिएको जानकारी अनुसार यहाँ १४२ बढी जनावरहरूबारे विवरण राखिएका छन् । यो वेबसाइटमा गेम खेल्दै ती जनावरहरूबारे थाहा पाउन सकिन्छ । यहाँ ती जनावरहरूको आवाजलाई संगीतमा पनि सुन्न सकिन्छ । त्यसको व्यवस्था वेबसाइटमा गरिएको छ ।
२. सान डिएगो जू वाइल्डलाइफ एक्सप्लोर्र
यो वेबसाइटमा हामीले जनावरहरूबारे इन्टरएक्टिभ तरिकाबाट विभिन्न जानकारीहरू थाहा पाउन सक्छौं । जस्तो, उनीहरू कहाँ बस्छन् ? उनीहरू के खान्छन् ? उनीहरूको शारीरिक बनावट कस्तो हुन्छ इत्यादि । एक प्रकारको जनावरहरूको कथा पढ्ने, सम्बन्धित खेल खेल्दै पाठ्यक्रममा भएका जानकारीहरू थाहा पाउन सकिन्छ ।
कतिपय विद्यार्थीका लागि विज्ञान विषय निकै जटिल हुन्छ । त्यसमाथि पनि रसायन विज्ञान । किनकि पेरियोडिक टेबल हुन्छ । यो टेबलमा पृथ्वीमा पाइने ११८ वटा तत्वहरूबारे पढ्नु पर्ने हुन्छ । तर यहीँ कुरा समाधान गर्न केमीकुल नामक वेबसाइट छ ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का डेभिड डी. सुको अवधारणामा सन् १९९६ मा सुरु भएको यो वेबसाइटले त्यहीँ टेबल सरल तरिकाले बुझ्न सहयोग गर्छ।
अन्तरिक्षबारे जान्न/बुझ्न कसलाई रुचि नहोला । त्यउसमा पनि सरल र सामान्य तरिकामा । यहीँ समस्या यो वेबसाइटले समाधान गर्छ । यसमा हामीले अत्यन्त सरल तरिकाले अन्तरिक्ष र यसका रहस्यहरूबारे पढ्न र बुझ्न सक्छौं । नासाले तयार पारेको यो वेबसाइटमा बालबालिका तथा विद्यार्थी, विश्वविद्यालयका विद्यार्थी, शिक्षक आदिका लागि फरकफरक सामग्रीहरू रहेका छन् ।
अन्तरिक्ष जस्तै मानव शरीर पनि निकै रहस्यमी नै हुन्छ, धेरैको हकमा । किनकि शरीरमा पनि लाखौं लाख कोषिका र सयौं भागहरू हुन्छन् । यदि हामीले सामान्य रूपमा तीबारे बुझ्यौं भने हामीले आफूले आफूलाई पनि धेरै बुझ्न सक्छौं । र, यहीँ कुरा समाधान गरेको छ बायो डिजिटल लाइब्रेरीले । यो वेबसाइटमा हामीले मानव शरीरका विभिन्न अङ्गहरूलाई थ्रीडी र इन्टरएक्टिभ तरिकाबाट हेर्न सक्छौं ।
नाम जस्तै यो वेबसाइट बालबालिकाका लागि विज्ञानको जर्नल नै हो । यसमा वैज्ञानिकहरूले अनुमोदन गरेका सयौं आर्टिकलहरू पढ्न पाइन्छ । उदाहरणका लागि, वायु प्रदूषणले कसरी हामीलाई असर गर्छ ? भोक लागेको हामीलाई कसरी थाहा हुन्छ ? वायुमण्डलले पृथ्वीलाई कसरी प्रभाव पारिरहेको हुन्छ? यी यस्ता विषयहरूमा यहाँ तथ्यपूर्ण स्रोत सम्बन्धी थाहा पाउन सकिन्छ ।
अन्तरिक्ष कत्रो छ ? यो प्रश्न, जिज्ञासा वैज्ञानिक जगत त हो नै, सँगै यो विज्ञानका कुराहरूमा रुचि राख्ने सबैको हो । र, त्यसको हल केही मात्रा भएता पनि यो वेबसाइटले गरेको छ । निल अग्रवालले तयार पारेको यो वेबसाइटमा स्क्रिनमा स्वाइप गर्दै ग्रह, तारा मण्डल र ब्रमान्डहरूबारे थाहा पाउन सकिन्छ ।
प्रतिक्रिया 4