Comments Add Comment

महेश्वर नयाँ धर्मश्री च्याम्पियन

२१ असार, काठमाडौं । सेप्स फिट्नेस जिम, काठमाडौंका महेश्वर महर्जनले तेह्रौं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।

तेश्रो सहभागितामा महेश्वर पहिलो पटक च्याम्पियन बनेका हुन् । उपाधिसंगै महेश्वरले २ लाख नगद पुरस्कार हात पारे । शनिबार भएको प्रतियोगितामा उनले ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । समग्रमा आयोजक नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल दोश्रो, आयोजककै अर्जुन वर्णवाल तेश्रो, आयोजककै ज्ञाननारायण महर्जन चौथो, कालीमाटी फ्रेन्डसिप जिमका सचित प्रधान पाँचौं र फिट्नेस स्टुडियो लाजिम्पाटका रुजेश शाही छैटौं भए । उनीहरुले क्रमशः १ लाख, ७५ हजार, ६० हजार, ५० हजार र ४० हजार नगद पुरस्कार पाए । विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडी धर्मश्री उपाधिका लागि भिडेका थिए ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजीमा बुल्स जिम एन्ड फिजिकल फिट्नेस, कास्कीका सुरेश गुरुङ दोश्रो र आयोजकका रवि महर्जन तेश्रो, ६० केजीमा आयोजकका सन्जिव श्रेष्ठ दोश्रो र मसल्स वल्र्ड जिमका विश्वबहादुर थापा तेश्रो, ६५ केजीमा आयोजकका रामहरि खनाल दोश्रो र कुमारीपाटी फिट्नेस सेन्टरका होमराज शर्मा तेश्रो, ७० केजीमा धरान फिजिकल फिट्नेसका जविन्द्र राई दोश्रो र आयोजका विमल श्रेष्ठ, ७५ केजीमा मसल्स वल्र्डका किशोर पुन दोश्रो र बुल्सका निरज गुरुङ तेश्रो तथा ७५ केजीमाथि मसल्स वल्र्डका साविक विजेता लोकेन्द्र परियार दोश्रो र सेप्सका विजयत्तम वज्राचार्य तेश्रो बने । दोश्रोले २५ हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार हात पारे ।

दुईदिने प्रतियोगितामा विभिन्न १३ क्लबका ६८ प्रतिस्पर्धीले भाग लिएको आयोजक मन्दिरका अध्यक्ष नारायण प्रधानले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment