Comments Add Comment

डा. बाबुराममाथि पेरिसडाँडामा पाँचघण्टा ‘अप्रेसन’

Baburam

२५ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समितिले डा. बाबुराम भट्टराईको विचार र मनोविज्ञानबारे पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार पाँचघण्टा बहस गरेको छ ।

‘बैठकमा बाबुरामजीबारे पाँचघण्टा लामो डिबेट भयो,’ बैठकपछि एक नेताले अनलाइनखबरसँग भने- ‘बाबुरामको आइडियोलोजी, मनोविज्ञान र उहाँले चाहेको कुरो के हो ? भन्ने विषयमा हामीले दिनभर लगाएर विश्लेषण गर्‍यौं ।’

भट्टराई पक्षसँग तीन दिनसम्म चलेको छलफलपछि बुधबार पेरिसडाँडामा प्रचण्डपक्षको मात्रै उपस्थितिमा स्थायी समितिको बैठक बसेको थियो । बैठकले डा बाबुराम भट्टराई फुटउन्मूख भएको निश्कर्षसमेत निकालेको छ ।’डा. भट्टराई फुटउन्मूख भएको निश्कर्ष निकालिएको छ, ‘स्रोतले अनलाइनखबरसँग भन्यो-‘तर, पार्टी र आन्दोलनको आवश्यकतालाई ध्यान दिँदै एकता गर्न लचिलो हुने हामीले निर्णय गरेका छौं ।’

तर, भट्टराई पक्षसँग यस्तो एकता वा सम्झौता गर्दा क्रान्तिकारी कार्यदिशा, संकल्प र पार्टीको योजनालाई क्षति पुग्ने गरी सम्झौतामा जान नहुने निश्कर्ष निकालिएको प्रचण्ड पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

बुधबारको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी राष्ट्रिय सम्मेलन र केन्द्रीय कमिटीको निर्णय लागू गर्नु पर्ने र बाबुराम भट्टराईलाई पनि समेटेर जानुपर्ने भन्दै स्थायी समिति सदस्यहरुसँग सुझाव मागेका थिए । बैठकमा नेताहरुले भट्टराई पक्षको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाएका थिए ।

बैठकमा बोल्दै स्थायी समिति सदस्य गोपाल किरातीले भट्टराई जसरी पनि पार्टी फुटाउन लागेको आरोप लगाए । ‘बाबुरामजी पार्टीमा कचिंगल गरेर विघटन गराउने र चरम वुर्जुवा पार्टी बनाउनेतिर लाग्नुभएको छ’ किरातीले बैठकमा भने-‘कुरा रुपान्तरणको गर्नुहुन्छ तर, उहाँलाई नै रुपान्तरण गर्न गाह्रो भो ।’

फुटबाट जोगाउन मध्यमार्गी बाटो

‘बाबुरामजीहरुसँग भएको छलफलबारे अध्यक्षले बिफि्रङ गर्नुभयो’ एक सदस्यले अनलाइनखबरसँग भने-‘वीचको बाटो अपनाएर जानुपर्छ भन्ने समझदारी भएको छ ।’ स्रोतका अनुसार वीचको बाटो भनेको भट्टराई पक्षले जिताइएका पदहरु स्वीकार गर्नेछैनन् । तर, संस्थापन पक्षले पदपूर्ति गर्ने वा कारबाही गर्ने बाटो पनि लिनेछैन ।

भट्टराई पक्षले केन्द्रीय समितिको चुनाव बहिस्कार गरे पनि सचिवसहितका पदमा भट्टराई पक्षलाई जिताइएको छ । तर, जिताइएको कमिटीहरुमा बस्न भट्टराई पक्ष मानेको छैन । पार्टी कसरी अघि बढ्ने भन्नेबारे शुक्रबार पुनः बस्ने स्थायी समिति बैठकले थप निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment