Comments Add Comment

नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरको सरुवा

नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधान ।

६ जेठ, वीरगञ्ज । नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा‍. वीरेन्द्र प्रधान नियुक्त भएका छन् । मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्जय ठाकुरको काठमाडौंको वीर अस्पतालमा सरुवा भएको स्रोतले बताएको छ ।

पहिलो लहरको कोरोना महामारी चलिरहेका बेला डा. ठाकुर सरुवा भएका थिए । कोरोना संक्रमित श्रीमतीको उपचारका लागि डा. ठाकुर आइतबार बालबच्चासहित काठमाडौं गएका थिए ।

कोरोना संक्रमणको दोस्रो लहरमा डा. ठाकुरकै नेतृत्वमा ४ बेडको आइसोलेसन सेन्टरलाई १ सय २५ पु¥याइएको थियो । तर मेसु. डा. ठाकुरले अस्पतालको व्यवस्थापन राम्रोसँग नगरेको भनी आलोचना पनि भएको थियो ।

कोभिड महामारीमा खटिएका कर्मचारीको भत्ता वितरण, आइसोलेसनको नेतृत्वलगायतका विविध विषयमा कुरा नमिल्दा अस्पतालमा एउटा पक्ष डा. ठाकुरसँग रुष्ट थियो ।

निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रधानले बिहीबारबाटै हाजिर गरेका छन् । उनले कोरोना महामारी नियन्त्रणलाई नै पहिलो प्राथमिकतामा राखेर तल्लो तहबाटै सुधारको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘हाजिर गरेपछि आज दिनभरि बैठक बसेको छु, भोलि पनि बैठक राखेको छु । ग्रास रुटबाट नै केही सुधार गरौं भन्ने छ । कार्यालय सहयोगी, सरसफाइका कर्मचारी र गार्डसँग कुरा गरेँ’ उनले भने ‘दुई चार महिनाभित्र कोरोना महामारीलाई नियन्त्रणमा लिएर केही गर्न सकियो भने अन्य कुराको योजना बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment